site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेभेरोडोनेत्स्कका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न रुसको आग्रह
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मस्को । रुसले पूर्वी युक्रेनी सहर सेभेरोडोनेत्स्कमा रहेको एजट केमिकल प्लान्टमा आश्रय लिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्ने मौका दिएको बताएको छ । 

दुवै सहर र एजट प्लान्ट हालैका हप्ताहरूमा द्वन्द्वको केन्द्र बनेका छन् । सहर कब्जा गर्न खोजिरहेका रुसी सेनाले तीव्र गोलाबारी गर्दैगर्दा युक्रेनी सर्वसाधारण र सैनिकहरू कारखानामा लुकेको स्थानीय अधिकारीहरूले बताएका छन् । 

रुसले सर्वसाधारणलाई बाहिर जान अनुमति दिन बुधबार मानवीय करिडोर खोल्ने बताएको छ । यसैबीच, रुसले युक्रेनी फौजलाई ‘उनीहरूको मूर्ख प्रतिरोध बन्द गर्न र हतियार बिसाउन’ आग्रह गरेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“मानवताका सिद्धान्तहरूद्वारा निर्देशित रुसी सशस्त्र बल र लुहान्स्क जन गणतन्त्रका संरचनाहरू सर्वसाधारणलाई बाहिर निकाल्न मानवीय अभियान सञ्चालन गर्न तयार छन्,” रुसी रक्षा मन्त्रालयले मंगलबार भनेको छ । 

बुधबार बिहान ८ बजे (०५ः०० जीएमटी) देखि मस्कोको समय अनुसार राति ८ बजेको बिचमा मानवीय करिडोर खुला गरिने रक्षा मन्त्रालयले बताएको छ । विस्थापितहरूलाई लुहान्स्कको पृथकतावादी नियन्त्रित क्षेत्रको स्वार्वो सहरमा लगिने बताइएको छ । 

Royal Enfield Island Ad

सेभेरोडोनेत्स्कलाई युक्रेनी नियन्त्रित क्षेत्रसँग जोड्ने सिभर्स्की डोनेट्स नदीका सबै पुलहरू ध्वस्त भएका छन् । 

आत्मसमर्पणको आह्वान गर्दै रुसी रक्षा मन्त्रालयले युक्रेनी फौजले सर्वसाधारणलाई मानव ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको छ । मस्कोले फेब्रुअरीमा युक्रेनमा आफ्नो सेना पठाएदेखि धेरे पटक किभले अस्वीकार गरेको यस्तै आरोपहरू लगाएको छ । 

युक्रेनी अधिकारीहरूले एजट प्लान्टभित्र पाँच सय भन्दा बढी सर्वसाधारण लुकेको र उनीहरूलाई सहयोग गर्न कठिन भएको तर प्लान्टभित्र केही भण्डारहरू रहेको बताएका छन् ।

लुहान्स्कका पृथकतावादी अधिकारीका एक जना प्रतिनिधिले भने त्यहाँ करिब २५ सय युक्रेनी तथा विदेशी लडाकुहरू थुनिएको हुन सक्ने अनुमान गरेका छन् । 

रुसी रक्षा मन्त्रालयले किभलाई आफ्नो प्रस्तावबारे जानकारी गराएको र आत्मसमर्पण गर्ने आदेश दिन अधिकारीहरूलाई आग्रह गरेको बताएको छ । 

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही युरोपेली नेताहरूको ‘संयमपूर्ण व्यवहार’को आलोचना गर्दै पश्चिमबाट भारी हतियारको लागि पुनः अपील गरेका छन् । 

अलजजीराबाट ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro