site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
‘डेंगुले लिनसक्छ ज्यान, यी कुराहरूमा सचेत रहौँ’ 
SkywellSkywell

काठमाडौं । गर्मीयामसँगै लामखुट्टेजन्य रोगको जोखिम बढेको छ । विशेषगरी, तराईका जिल्लाहरूमा यही समयमा डेंगुको प्रकोप देखिने गरेको छ । तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा पहाडी जिल्लाहरूमा समेत डेंगुको संक्रमण बढ्दो क्रममा छ । 

सन् १०१९ मा मात्रै नेपालमा ७ हजार ३७० जनामा डेंगु संक्रमण देखिएको थियो, भने ६ जनाको मृत्यु भएको थियो । तीमध्ये ३ हजार ९२९ केस बाग्मती प्रदेशका जिल्लाहरूमा भेटिएको थियो । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३९ करोड मानिस डेंगु संक्रमित हुने गरेका छन् त्यसमध्ये ७० प्रतिशत नागरिक एसियाली मुलकका छन् । डेंगु संक्रमणबाट विश्वमा प्रत्येक १२ मिनेटमा एक जनाको मृत्यु हुने गरेको र यो बालबालिकामा हुने मृत्युको प्रमुख एक कारण पनि रहेको संगठनको तथ्यांक छ ।

Dabur Nepal
NIC Asia

संक्रमण भएको कसरी थाहा पाउने ? 

डेंगु ‘एडिस्’ नामक पोथी लामखुट्टेको टोकाइबाट हुने संक्रमणजन्य रोग हो, यो लामखुट्टेले दिउँसो टोक्ने गर्दछ । यो लामखुट्टे शहरी वातावरणमा घरकै वरिपरि रहने गर्दछ । डेंगु संक्रमण भएमा १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने, टाउको धेरै दुख्ने, बान्ता आउने, आँखाको पछाडिको भागमा दुख्ने, शरीरका विभिन्न भाग सुन्निने, रातो हुने, मांसपेशी तथा जोर्नीहरू दुख्नेजस्ता लक्षणहरू देखिन्छन् । 

मानिसबाट मानिसमा सर्छ  ?

विश्व स्वास्थ्य संगठनका अनुसार डेंगु संक्रमण मानिसबाट मानिसमा प्रत्यक्षरूपमा सर्दैन । तर, यदि, संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले दोस्रो व्यक्तिलाई पनि टोकेमा संक्रमण सर्ने फैलाउने सम्भावना रहन्छ । डेंगुको कुनै विशेष उपचार छैन तर अस्पतालहरूमा नियन्त्रणका उपायहरूमार्फत् डेंगुको उपचार गरिन्छ । 

कसरी बच्ने ? 

लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु संक्रमणबाट बच्ने मुख्य उपाय हो । घर वरिपरि पानी जम्न नदिनु, लामखुट्टे बस्नसक्ने झाडीहरू सफा गर्नु, गमला, टायर आदिमा पानी जमाएर नराख्नु नै लामखुट्टेको टोकाइबाट बच्ने उपाय हुन् । त्यस्तै, डेंगु सार्ने लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकाले घरमै रहँदा वा बाहिर काममा निस्कँदा शरीर ढाक्ने तथा हल्का रंगको कपडा लगाउनुपर्दछ  ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro