site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

एकाइसौं शताब्दीमा नेपाली नागरिकले चोके ब्याजको फन्दामा परेर  घरबार गुमाउने अवस्था पत्याउन मुस्किल हुने यथार्थ हो । साथै राज्यको असफलताको उदाहरण पनि हो ।
 
‘मिटर ब्याज’का नामबाट कुख्यात यस फन्दामा परेका व्यक्तिहरूले साउँभन्दा बढी ब्याज तिर्दा पनि उम्कन नसकेका थुप्रै घटना केही वर्षदेखि प्रकाशमा आइरहेका छन् । परन्तु, राज्यका निकायहरूले भने खासै चासो लिएको देखिएन ।  
 
पैसाको गर्जो टार्न विशेषगरी गरिबहरूले ब्याजमा पैसा लगाउने धन्दा गर्नेहरूसँग प्रचलित दरभन्दा धेरै बढी ब्याज तिर्ने कबोल गरेर पैसा लिन्छन् । यसरी रिन लिनेमध्ये अधिका‌श त गरिबमात्र होइन निरक्षरसमेत हुन्छन् ।
 
तिनलाई पैसा दिने बेलामा गराइएको घरायसी कागजमा प्रायः रिनको अङ्क नै बढाउने गरेको उदाहरण पनि उजागर भएको छ । रिन दिनेको नियत नै रिनीको सर्वस्व हरण लुटने हुने गरेको देखिएको छ । 
 
यसरी चर्को ब्याजमा पैसा लगाउनुलाई गाउँघरतिर ‘चोके ब्याज’ पनि भन्ने गरिन्छ । नेपालको प्रचलित कानुनअनुसार यसरी पैसा सापटी दिएर चर्को ब्याजमा पैसा असुल्न पाइँदैन र यो दण्डनीय अपराध मानिन्छ ।
 
त्यसो त २०२१ सालमा भूमिसुधार लागु गर्दा चर्को ब्याज तिरेको भए रिनै तिर्न नपर्ने कानुनी व्यवस्था गरिएको थियो । तर, चोके ब्याजमा पैसा लगाउनेहरूकै शासनमा पनि पहुँच र प्रभाव हुँदा गरिबलाई खासै लाभ भएन ।
 
सम्भवतः नेपाली समाजको संरचना र शासनको मानसिकतामा खासै परिवर्तन नभएकैले अहिले पनि मिटर ब्याजीहरूको बिगबिगी कायमै रहेको हो । कमैया मुक्तिलगायत कतिपय सराहनीय प्रयास पनि यसैकारण पूर्ण सफल हुन नसकेको हुनुपर्छ ।
 
सरकारी संयन्त्रहरू गरिबमाथि हुने अत्याचारमा खासै पूर्वक्रियाशील हुँदैनन् । सुरक्षाकर्मी र सरकारी कर्मचारीहरू नै ‘मिटर ब्याजी’ छन् । यस्तै मिटर ब्याजीहरूलाई राजनीतिक नेताले संरक्षण गरेका पनि उदाहरण छन् । यसैले सरकारी निकाय मौन रहेको हुनसक्छ ।
 
हालै सप्तरीका उक जना कुख्यात ‘मिटर ब्याजी’ले यौन शोषणसमेत गरेको समाचार प्रकाशमा आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले चासो देखाएर कारबाहीका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको समाचार सार्वजनिक भएको छ । गृह मन्त्रालयले पनि सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
 
प्रधानमन्त्री तहबाटै चासो देखाएकाले चर्चित घटनामा कारबाही हुने अपेक्षा गर्न सकिन्छ । सम्भवतः सञ्चार माध्यममा सार्वजनिक भएका अरू घटनाका रिनीले पनि यसबाट लाभ पाउनेछन् । तर, सरकारी सक्रियता केही दिनमै सेलाउने सम्भावना धेरै छ ।
 
भूमिसुधार कार्यक्रम लागु भएकै समयदेखि दोहोरिइरहेको दुश्चक्र तोड्नका लागि सरकारले विभिन्न क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ । अनिमात्र यस्ता घटना दोहोरिने क्रम रोकिन सक्छ ।
 
पहिले सबैले सरकारले घरसारमा गरेको कपाली तमसुक वा यस्तै कुनै कागजलाई सरकारी अभिलेखमा ल्याउने समय दिनुपर्छ । त्यसमा गम्भीर छानबिन गरी अनुचित शोषण भएको देखिएमा शोषकलाई सजाय दिने व्यवस्था गर्नुपर्छ ।
 
सरकारी अभिलेखमा नआएको रिन तिर्न पर्दैन भन्ने व्यापक प्रचारप्रसार गरेर मिटर ब्याजीको मारमा घरबार गुमाउने अवस्थामा परेका नागरिकको उद्धारका लागि राज्यले विशेष अभियान चलाउनु आवश्यक छ । यसमा स्थानीय जनप्रतिनिधिले नेतृत्व लिनुपर्छ ।
 
यसपछि नागरिकहरूलाई गर्जो पर्दा सहजरूपमा सापटी दिनेलिने व्यवस्था सरकारले मिलाउनुपर्छ । अहिलेको वित्तीय प्रबन्ध निकै झन्झटिलो र टाठाबाठाहरूको मात्र पहुँचमा छ । यस्तै बैंक वा वित्तीय संस्थाले नै पनि ब्याज नभनीकनै लिने दस्तुर शोषणकै कोटीको छ । 
 
नागरिकलाई आधुनिक ‘साइलक’हरूको फन्दाबाट उम्काउन नसकुन्जेल राज्य लोकतान्त्रिक कहलाउन योग्य हुँदैन । यसैले सरकारले यही मिटर ब्याजी काण्डकै सन्दर्भमा केही काम छिटै गरोस् र सार्थक हुनेगरी गरोस् । 
 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १५:४०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro