site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बन्चरेडाँडा र सिसडोल डम्पिङ साइट स्थानीयको घेराबन्दीमा, संसद्मा पनि चल्यो बहस
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहरी विकास मन्त्रालय, काठमाडौं महानगर र धादिङको धुनिबेँसी नगरपालिकाबीच गएको मंगलबारदेखि काठमाडौं उपत्यकाको फोहोर उठाउने सहमति भयो । त्यसैअनुसार मंगलबार बिहानै फोहोर उठाएर ट्रकहरू बन्चरेडाँडातिर लागे ।

तर, स्थानीयले आफूहरूलाई जानकारी नै नगराएर गरिएको सहमति नमान्ने अडानसहित फोहोर विसर्जनमा अवरोध गरे । स्थानीय र प्रहरीबीच झडप नै भयो । १४ जना स्थानीय पक्राउ परे । तर, उनीहरूको अवरोधकैबीच डेढ सय ट्रक फोहोर बोकेर बन्चरेडाँडा ल्यान्डफिल साइट पुगे । 

त्यसैगरी बुधबार पनि काठमाडौंबाट फोहोरका ट्रकहरू प्रहरीकै सुरक्षामा सिसडोल पुगे । स्थानीयको आन्दोलन जारी थियो । प्रहरीले फेरि बल प्रयोग गर्न खोज्यो । तर, यसपटक स्थानीय कडा रूपमा प्रस्तुत भए । फोहोर बोकेका गाडीहरूमाथि तोडफोड गर्न थाले । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गर्‍यो । 

Prabhu Bank
Agni Group
NIC Asia

कुनै सिप नलागेपछि साँझतिर बन्चरेडाँडा पुग्न नपाएरै फोहोर बोकेर गएका गाडीहरू काठमाडौं फिर्ता भए । 

बुधबार बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगाना, श्रीकृष्ण बजगाई र तपन उप्रेती पक्राउ परेका थिए । उनीहरूलाई प्रहरीले २२ घण्टापछि छोडेको छ । समितिका अध्यक्ष ढुंगानाले आफूहरूका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए । 

Global Ime bank

“मानिस र फोहोरसँगै बस्दा सिसडोलमा भयावह अवस्था सिर्जना भएको सबैलाई थाहै होला । बन्चरेडाँडाका बस्तीहरूलाई ३–४ हजार मिटर पर सार्नुपर्ने माग छ । त्यस्तै फोहोरलाई कुहिने र नकुहिने छुट्याएर मल कारखाना सुरुवात गर्नुपर्ने, गुठीको जग्गा ९० प्रतिशत उपभोग गर्न पाउनुपर्ने माग छ,” ढुंगानाले बाह्रखरीसँग भने । 

उनअनुसार बन्चरेडाँडामा सिसडोलजस्तै अव्यवस्थित तरिकाले फोहोर नफालियोस् भन्ने माग स्थानीयको छ । गुठीको ९० प्रतिशत जमिन उपभोग गर्न पाउनुपर्ने माग स्थानीयको रहेको उनले बताए ।

लगातार अवरोधको सामना गरेका ट्रक चालकहरूले बिहीबार (आज) फोहोर लैजानै मानेनन् । बन्चरेडाँडा ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारविद श्रेष्ठले स्थानीयको अवरोधकै कारण आज पनि ट्रक जान नपाएको बताए । भोलिसम्म फोहोर लैजान सकिने सम्भावना रहेको उनको भनाइ छ । 

काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले ट्रक चालकलगायत सरोकारवाला निकायसँग छलफल भइरहेको बताइन् । 

शुक्रबार सहरी विकासमन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्षबीच छलफल हुने तय भएको छ । उपत्यकाको फोहोर व्यवस्थापनमा भएको विवाद र अवरोध सुल्झाउन छलफल हुन लागेको संघर्ष समितिका संयोजक ढुंगानाले बताए । 

उनले धादिङ र नुवाकोटका स्थानीयले दुवै डम्पिङ साइट घेरा हालेर बसेको पनि जानकारी दिए । “आज प्रहरी टाढाबाट हेर्दै फर्किने गरेका छन् । धादिङ र नुवाकोटका स्थानीयले डम्पिङ साइट घेरा हालेका छन्,” ढुंगानाले बाह्रखरीसित भने । 

गएको सोमबार साँझ सहरी विकास मन्त्रालयका तर्फबाट व्यवस्थापन बन्चरेडाँडा फोहोर आयोजनाका निर्देशक रविन्द्र बोहोरा, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र धुनिबेँसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलबीच फोहोर लैजाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

के–के भएको थियो सहमति ? 
मन्त्रालयले प्रभावित क्षेत्रका पाँचवटा क्षेत्रका लागि आर्थिक वर्ष २०७९/०८० मा ४२ करोड ५० लाख रुपैयाँ, नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षारोपण कार्यका लागि एक करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

जग्गा अधिग्रहण गर्न वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया थाल्नेगरी प्रतिवेदनका आधारमा स्थानीयका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने, ६ महिनाभित्र सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया सुरु गर्ने सहमति भएको थियो ।

त्यस्तै महानगरले एक हप्ताभित्र धुनिबेँसी नगरको वडा नम्बर १, ३ र ४ तथा ककनी गाउँपालिकाको वडा नम्बर १, २ र ३ प्रभावित क्षेत्रका स्थानीयवासीको स्वास्थ्य बिमा गर्ने सहमति भएको थियो ।

तर, डम्पिङ साइट क्षेत्रका स्थानीयले धुनिबेँसी नगरपालिकाका मेयर र ककनी गाउँपालिकाका अध्यक्षले आफूहरूको प्रतिनिधित्व नगरेको बताएका छन् । 

सिसडोलको अव्यवस्थित फोहोरको दुर्गन्धले पिल्सिएका स्थानीयले फोहोरकै कारण ज्यान गुमाउनुपरेको छ । अर्कोतिर स्थानीयलाई विभिन्न प्रकारका रोगले सताउने गरेको छ । 

संसद्मा पुग्यो फोहोर मुद्दा
आइतबारको प्रतिनिधि सभा बैठकमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई बहस चल्यो । सांसदहरूले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्नेमा जोड दिए । 

प्रमुख प्रतिपक्ष दल (नेकपा) एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोहोर व्यवस्थापन गरेर देखाउन चुनौती नै दिए । उनले काठमाडौंको फोहोर व्यवस्थापन नहुँदा संकटकालको स्थिति आएकोसमेत बताए ।

एमालेकै सांसद कृष्णकुमार राईले काठमाडौंको फोहोरले दुर्गन्ध फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । साथै उनले एमालेबाट काठमाडौं महानगरका मेयर बालेन शाहलाई सहयोग हुने बताए । तत्कालीन मेयर विद्यासुन्दर शाक्यलेलाई उपमेयरबाट असहयोग भएको उनको दाबी थियो । 

एमालेकै अर्का सांसद नारायणप्रसाद खतिवडाले बन्चरेडाँडामा फोहोर फाल्ने भए नुवाकोटवासीका मागहरू सम्बोधन गर्नुपर्ने बताए । उनले प्रहरीको बल प्रयोग गरेर जबरजस्ती फोहोर नफाल्न सरकारलाई आग्रह गरे ।

खतिवडाले काठमाडौं महानगरका मेयर बालेनको पनि आलोचना गरे । फोहोर व्यवस्थापन गर्ने निहुँमा स्थानीय चुनावमा लौरो चुनाव चिह्न पाएर विजयी भएकाको लौरो नुवाकोटका जनताको टाउको र ढाडमा बजारिएको आरोप लगाए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !