site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौ‌मा महिना दिनदेखि थुप्रिएको फोहोर त्यही प्रयोजनका लागि बनाइएको बञ्चरेडाँडा क्षेत्रमा फाल्न थालिएको छ । काठमाडौंका बासिन्दा, जनप्रतिनिधि र शासकहरूले सन्तोषको सास फेरे पनि होलान् ।
 
फोहोर थुप्रिँदा काठमाडौंमा महामारी फैलने जोखिम बढेको छ । यसैले नवनिर्वाचित जनप्रतिनिधिको पहिलो प्रथमिकता फोहोर व्यवस्थापन हुनु स्वाभाविक हो । परन्तु, फोहोर फाल्ने क्रममा स्थानीयसँग झडप हुनु भने राम्रो भएन ।
 
काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई स्थानीयहरूले मंगलवार अवरोध गरे । उनीहरू सरकारले पहिले गरेको सम्झौता कार्यान्वयन नगरेकोमा क्षुब्ध छन् । सरकारले वाचा पूरा नगर्दासम्म फोहोर फाल्न नदिने अडानमा थिए ।
 
सरकारी कर्मचारी र जनप्रतिनिधिहरू बसेर सोमवार काठमाडौंमा मन्त्रीको रोहबरमा फोहोर फाल्न दिने सम्झौता गरेका थिए । स्थानीय समस्याको सम्बोधन नभएको र पहिलेका सम्झौताको कार्यान्वयन झन् अन्योलमा परेको भन्दै त्यस क्षेत्रका बासिन्दाले सम्झौता स्वीकार गरेनन् ।
 
फोहोर लिएर गउका ट्रक रोक्ने त्यस क्षेत्रका बासिन्दालाई प्रहरीले लठ्ठीले हानेर बाटो खुलायो । काठमाडौं सम्बन्धित हाकिमहरूले गरेको सम्झौता नमानेको आरोपमा केहीलाई प्रहरीले पक्राउ पनि गरेको छ । 
 
सिसडोल र बन्चरे डाँडामा काठमाडौंको फोहोर फाल्दा त्यहाँका बासिन्दाको जीवन भने निकै कष्टकर भएको छ । लामै समयदेखि त्यहाँका बासिन्दाले आफ्ना असुविधाप्रति सरकारको ध्यान आकर्षण पनि गरिरहेकै थिए । 
 
आन्दोलन गर्दै आएका जनतालाई पन्छाएर अरूहरूले सहमति गर्दा कार्यान्वयन नभएको हो । सिसडोलका जनतालाई कुटेर र थुनेर फोहोर फालेर समस्या समाधान हुँदैन । सरकारले यसरी ज्यादती गर्नु हुँदैन । 
 
सम्झौताको भाषामा स्थानीय बासिन्दाले रकमी जालझेलको गन्ध पाइसकेका छन् । स्पष्टै छ, यो  मस्यौदा कर्मचारीले गरेका हुन् । निजामती कर्मचारी रकमी शैलीमा जनतालाई झुक्याउन खप्पिस हुन्छन् । यसपटक भने जनता झुक्किएनन् ।
 
सबैभन्दा पहिले सिसडोल क्षेत्रका बासिन्दाले उठाएका विषय न्यायोचित हुन् भन्ने सबै तहका सरकारी पदाधिकारीले स्वीकार गर्नुपर्छ । उनीहरूलाई दमन गरेर समस्या समाधान हुँदैन । सिसडोलका अभियन्ताहरूले पनि जिद्दी र स्वार्थ छाड्नुपर्छ ।  
 
सरकार सञ्चालन गर्नेहरूले आफू मालिक र ठूलो भएको र जनता भुसुना हुन् भन्ने ठान्दा समस्या भएको हो । सिसडोलसम्बन्धी सोमवारे सहमतिको विफलताले पनि देखाइसकेको छ - जनता जागरुक भइसकेका छन् । 
 
यसैले शासनमा अब पारदर्शी र जनमुखी शैली अपनाउनुको विकल्प देखिँदैन । शासन गर्न चाहनेको नियत त सफा हुनैपर्छ सोच पनि फराकिलो चाहिन्छ । रकमी कारिन्दा र प्रहरीको लठ्ठीका भरमा जनतालाई कजाउने दिन गए ।  
 
 
 
 
 
 
 
 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १०:५६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro