site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
विनय रावलका दुई कविता
SkywellSkywell

मृत्युयात्रा 

प्रत्येकलाई जानुपर्छ
त्यस अदृश्य यात्रामा
जुन यात्राको वृत्तान्त
इतिहासमा 
भूगोलमा 
विज्ञानमा 
कहीँ कतै उल्लेख छैन ।

त्यो यात्रा
कुन बाटो जाने हो ?
जानेले पनि विवरण दिँदैन
र बिदाइ गर्नेले पनि थाहा पाउँदैन 
मात्र जानेको अनुहार याद गरेर 
बिदाइ गर्नेले अनुमान गर्नुपर्छ ।

Dabur Nepal
NIC Asia

त्यो यात्रामा 
कठिन छ कि सुगम
कसैले बुझेको पनि छैन 
जानेलाई मात्र थाहा छ 
त्यो यात्रा कस्तो छ ?

बडो अनौठो छ त्यो यात्रा 
यात्रा गर्नेले
केही विचार गर्दैन

यसरी ‘ऊ’ यात्रामा जान्छ
जाँदा 
बोकेर केही जाँदैन
सबै छोडेर जान्छ
यहाँसम्म
उसले माया गर्ने व्यक्तिलाई पनि
बाईबाई भन्दैन ।

यस्तो यात्रा 
मान्छेले किन गर्नुपर्छ ?
सुन्दर संसार बनाउने मान्छेले
त्यो यात्रालाई रोक्न पर्दैन ?

भगवान्ले मान्छे त बनायो
तर त्यो यात्राको बाटो नबनाएर 
मान्छेलाई निरीह बनाएर छोडिदियो ।

० ० ०

विनय, तिम्रो धर्म के हो ?
तिमी कुन जाति, धर्मका हौ, विनय ?
ब्राह्मण, नेवार, क्षत्री, दमाई, कामी, सोनार !
वा 
हिन्दू, मुस्लिम, क्रिस्चियन !

तिमीले आफ्नो जाति बताउनैपर्छ
तिमी जुन धर्तीमा बाँचेका छौ
त्यहाँ पानी पिउनलाई पनि 
आफ्नो परिचय दिनैपर्छ
तिमीलाई परिचय दिन मन पर्दैन भने
तिम्रो पिताको वंशावली दिए पनि हुन्छ
तिम्रो पिताको वंशावली दिन मन छैन भने
तिम्रो पिताको पिताको वंशावली दिए पनि हुन्छ ।

तिमी मन्दिर जान्छौ, विनय ?
तिमी मस्जिद जान्छौ, विनय ?
वा 
तिमी चर्च जान्छौ, विनय ?
त्यो पनि खुलासा हुनैपर्छ । 
तिमी यहाँ मान्छे भएर मात्र पुग्दैन
भोलि यहाँ धार्मिक दंगा भयो भने
तिमीलाई बाँच्न पनि 
आफ्नो धार्मिक परिचय दिनैपर्छ ।

रगत सबैको रातो भएर के हुन्छ, विनय ?
तिम्रा छोराछोरीको सामाजिक क्रिया गर्न
जाति—धर्मको खुलासा नगरी सुक्खै छैन !
होइन भने तिमीलाई कसले स्वीकार गर्छ ?

कुकुरले नदीमा पानी जुठो गर्यो भने
रेबिज लागेर मर्ने डर कसलाई छ ?
तर मान्छेले जुठो गर्यो भने 
कुन जाति–धर्मले गर्यो भनेर यहाँ दंगा हुन्छ 
कसरी तिमीले मान्छेको परिभाषा गर्छौ ।

विनय, बाबर, मस्जिद र राममन्दिरको विवाद भयो भने 
तिमी कसको पक्ष लिन्छौ, यसपल्ट ?

(कवि विनय रावलको स्मृति दिवसमा ‘सपनाको देशमा’ बाट ।)  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro