site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वडाध्यक्षले प्रतिनिधि दिएनन् ! काठमाडौंको फोहोर व्यवस्थापन कार्यदल नै बनेन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएलगत्तै सिसडोल र बञ्चरेडाँडा अवलोकनमा पुगेका थिए । काठमाडौं उपत्यकाको फोहोर थुपार्ने ‘डम्पिङ साइड’मा बालेन पुग्दा सिसडोल र बञ्चरेडाँडाबासी स्वागत र सम्मानका लागि खादा÷मालासहित पुगेका थिए । स्थानीयको खादा/माला लगाउन नमानेका वालेनले उपत्यकाको फोहोर दीर्घकालीनरुपमा समाधान गर्न सकेपछि मात्रै उक्त सम्मान लिने बताएका थिए । 

बालेन त्यहाँ पुग्दा स्थानीयले अव्यवस्थित फोहोरका कारण भोग्नुपरेका समस्या एक–एक गर्दै राखेका थिए । स्थानीयका समस्याहरु सुनिसकेपछि बालेनले छिट्टै फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । उनले फोहोरबाट मल बनाएर खेतीमा प्रयोग गर्ने आफ्नो योजनासमेत सुनाएका थिए । 

“फोहोर भनेको त खासमा ‘र मटेरियल’ (कच्चा पदार्थ) हो । हामीले यसरी थुपारेर राख्दा पो फोहोर भयो त र मटेरियललाई अरुअरु चिजमा प्रयोग गर्न सकिन्थ्यो,” बालेनले भनेका थिए, “त्यही चिजलाई यहाँ खेतीपाती उमार्नलाई प्रयोग गर्नुपर्नेमा मार्नको लागि प्रयोग भइरहेको छ ।”  उनले विगतदेखि नै थुपारिएको फोहोरको उपयोग भएएको भए खेती र व्यापारमा धेरै उपलब्धी हासिल हुने भए पनि अव्यवस्थित रुपमा फाल्ने मात्र काम गर्दा खोला, खानेपानीका स्रोत प्रदुषित भएको बताएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“आजका लागि धेरै कुरा पनि गर्दिन । हाम्रो पहिलो प्राथमिकता फोहोर व्यवस्थापन हो । मैले तपाईहरुलाई खादा पनि लगाउन दिइनँ । तपाईंहरुलाई यत्रो समस्या छ खादा लाएर किन बस्नु यो त बेइज्जतको कुरा हो,” बालेनले भनेका थिए, “सबैभन्दा धेरै तपाईंहरुको समस्या हो यो । यसको दीर्घकालीन समाधान खोजिनुपर्छ । महानगरको स्रोतले पुगेन भने विदेशबाट मेसिन ल्याएर भए पनि फोहोर व्यवस्थापन गर्छौं ।”

बालेनले फोहोर अव्यवस्थित रुपमा फालिँदा वातावरण प्रदुषण हुने, मानिसहरु विरामी हुने क्यान्सर हुने, छालाको रोग देखि सबै रोगहरु लागेको भन्दै छिट्टै दीर्घकालीन समाधान खोजेर व्यवस्थापन गर्ने प्रतिवद्धतासहित फर्किए । 

Global Ime bank

त्यहाँबाट फकिएका बालेनले सोमबार १६ गते पदभार ग्रहण गरे । सोही दिन बेलुका नगरकार्यपालिका बैठक बोलाएर ७ वटा प्रस्ताव अघि बढाए । प्रस्तावको मुख्य एजेन्डाका रुपमा रहेको फोहोर व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने भन्दै मेयर, उपमेयर र वडाध्यक्षहरुबीच बहस चल्यो । कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापन गर्न मेयरको संयोजकत्वमा कार्यदल गठन गर्ने घोषणा गरियो । 

मेयर बालेनको नेतृत्वमा बसेको महानगरपालिकाको कार्यपालिका बैठक संचालनको विधिका विषयमा वडाध्यक्षहरुले प्रश्न उठाएपछि विवादित भयो । त्यही बैठकबाट फोहोर व्यवस्थापनका लागि कार्यदल गठन गर्ने निर्णय भएको थियो । 

मंगलबार बिहान ९ बजे बैठक बसेर कार्यदल घोषणा गर्ने र काम थाल्ने भनिएकोमा अहिलेसम्म कार्यदल गठन हुन सकेको छैन । मेयरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्ने भनिएको कार्यदलमा महानगरका प्रशासकीय अधिकृत सदस्यसचिव रहनेगरी निर्णय भएको कार्यदलमा उपमेयरसहित कांग्रेसका दुई जना, एमालेका एक र एकीकृत समाजवादीका एक जना वडाध्यक्ष सदस्य रहने भनिएको थियो । तर, मंगलबारका लागि डाकिएको कार्यदलको बैठक बस्नै सकेन । महानगर स्रोतका अनुसार कार्यदल गठनका लागि बोलाइएको बैठकमा वडाध्यक्षहरु अनुपस्थित भएपछि  कार्यदल गठन हुन नसकेको हो । 

स्थानीय निर्वाचनअघि देखि नै नउठेर दुर्गन्धित बनेको काठमाडौंको फोहोर मेयरले पदभार ग्रहण गर्नुअघि प्रहरी उभ्याएर फालिएको थियो । त्यसपछि स्थानीयको विश्वास लिएर फोहोर व्यवस्थापन गर्न चाहेका बालेनले फोहोेरको दीर्घकालीन समाधान खोज्ने प्रतिवद्धता जनाएका थिए । तर, उनले गरेको त्यही प्रतिबद्धता अहिले उनका लागि फोहोर व्यवस्थापन गर्ने चुनौती बनेको छ । फोहोर व्यवस्थापन कार्यदल नै नबनेपछि ‘प्रतिवद्धता पूरा नगरेसम्म फोहोर बिसर्जन गर्न नदिने’ भन्दै सिसडोलबासी काठमाडौं आएका छन् । 

मेयर बालेनले स्थानीयसँग निरन्तर वार्ता गरिरहेका छन् । तर, वार्ता निष्कर्षमा पुग्न जति ढिला हुँदैछ काठमाडौं फोहोरका कारण थप दुर्गन्धित बनिरहेको छ । 

महानगरका सूचना अधिकारी महेश आचार्यले फोहोरमैला व्यवस्थापन कार्यदलको बैठक बस्न नसके पनि सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग छलफल भइरहेको बताउँछन् । 

“फोहोरमैला व्यवस्थापनबारे स्थानीय बासिन्दासँग छलफल भइरहेको छ,” आचार्यले बाह्रखरीसँग भने । आचार्यका अनुसार मेयर बालेनका लागि फोहोर व्यवस्थापनको कार्यदल भन्दा स्थानीयका समस्याहरु प्राथमिक छन् । त्यसैले उनले समस्या समाधानका विषयमा छलफल गरिरहेका छन् । 

किन बन्न सकेन फोहोर व्यवस्थापन कार्यदल ? 

वडाध्यक्षहरुका अनुसार ‘फलानो पार्टीबाट यतिजना प्रतिनिधि’ भनेर तोकिए पनि न त प्रतिनिधि मागिएको छ न त तोकेर नै कसैलाई डाकिएको छ । त्यसैले कार्यदलमा को जाने भन्ने अन्योलका कारण वडाध्यक्षहरु बैठकमा नगएका हुन् ।

“एउटा त जनताबाट निर्वाचित प्रतिनिधिलाई फलानो पार्टीबाट भनियो त्यो नै उपयुक्त थिएन, अर्को कार्यदलमा कसैलाई बोलाएकै छैन भने को जाने को नजाने भन्ने अन्योल भयो,” महानगरको वडानम्बर–७ का अध्यक्ष विमल होडाले बाह्रखरीसँग भने, “कार्यदल सदस्य बस्नेहरुको नाम तोकेर बोलाइएकै छैन । त्यहाँ कुन वडाध्यक्ष जाने त ?” उनले मेयरलाई ठोसरुपमा सहयोग गर्नुपर्ने कर्मचारीतन्त्रले नै अमूर्त निर्णयमा अल्झाएजस्तो देखिएको बताए । 

एमालेबाट निर्वाचित वडानम्बर–१ का अध्यक्ष भरतलाल श्रेष्ठ कार्यदलबारे आफूलाई केही जानकारी नै नभएको बताउँछन् । 

“कार्यदल गठन भयो भएन केही थाहा छैन । कसैले जानकारी पनि गराएको छैन । कसरी उपस्थित हुने ?,” श्रेष्ठले भने ।  

महानगर स्रोतका अनुसार कार्यदल गठन नभएसम्म फोहोर व्यवस्थापनको विषय छलफल हुने सम्भावना न्युन छ । उनीहरु महानगरकै संयन्त्र कमजोर भएमा अन्यत्रबाट पनि महानगर पेलिनसक्ने बताउँछन् । 

सिसडोलको स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहितको टोली मेयर बालेनसँग वार्ताका लागि काठमाडौं आएको छ । टोलीले मेयर वालेनले निर्वाचन भएपछि सिसडोल पुगेर जनाएका प्रतिवद्धताहरु पूरा नगरेसम्म फोहोर फाल्न नदिने अडान राखेको छ । 

“अहिले मैले पदभार ग्रहण गरेको छैन । पदभार ग्रहण गरेपछि सोमबारदेखि फोहोर व्यवस्थापनको कामका लाग्छु भन्नुभएको थियो,” ढुंगानाले बाह्रखरीसँग भने, “खै अहिलेसम्म उहाँले पनि केही गर्न सक्नुभएन । हाम्रा नयाँ मागहरु छैनन् । सबै पुराना मागहरु हुन् । जुन महानगर, विभागीय मन्त्रालय, प्रधानन्त्री कार्यालय सबैलाई थाहा छ । यी माग पूरा हुनुपर्छ ।” 

उनीहरुका अनुसार बालेनले नै सिसडोल पुगेर फोहोर विसर्जनको समस्या सुधार नभए फोहोर विसर्जनका लागि पठाउँदिन भनेर प्रतिवद्धता जनाएका थिए । 

बञ्चरेडाँडाको डम्पिङ साइट तयार नहुँदासम्मका लागि त्यहाँबाट करिब दुई किलोमिटर दुरीको सिसडोलमा अस्थायी रुपमा फोहोर फाल्न दिने सम्झौता भएको थियो । तत्कालीन फोहोरमैला व्यवस्थापन केन्द्र, काठमाडौं महानगर, ललितपुर उपमहानगर र ओखरपौवा ल्यान्डफिल साइट समन्वय समितिबीच भएको सम्झौतामा दैनिक तीनसय टनका दरले तीन वर्षसम्म मात्रै फोहोर फाल्ने भनिएको थियो । तीन वर्षभित्रै बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइट निर्माण गरी सोही ठाउँमा फोहोर फाल्ने भनिएको थियो । 
१७ वर्षअघिदेखि उपत्यकाको १८ वटा नगरपालिकाको फोहोर विसर्जन हुँदै आएको सिसडोलमा २०६२ जेठ ६ गतेदेखि फोहोर फाल्न सुरु गरिएको हो । तीन वर्षका लागि भनेर गरिएको सम्झौताका आधारमा १७ वर्षसम्म फोहोर फाल्ने क्रम जारी रहँदा सिसडोलबासी निरन्तर आन्दोलनमा छन् । 

त्यसो त काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यले पाँच वर्ष फोहोर बिसर्जनको दीर्घकालीन समाधानको चिन्ता नगरेका होइनन् । उनले बञ्चरेडाँडा ल्यान्डफिल्डसाइट चाँडो सम्पन्न गराउन संघीय सरकारको ध्यानाकर्षण गराएको बताएका थिए । तर, सहरी विकास मन्त्रालय मतहत बनिरहेको बञ्चरेडाँडा ल्यान्डफिल साइटको निर्माण कार्यमा ढिलाई हुँदा फोहोर व्यवस्थापन हुने भन्दा समस्या झन जटिल बनिरहेको छ । 

फोहोर व्यवस्थापनका सन्दर्भमा बालेनले चुनावी घोषणापत्र पनि सार्वजनिक गरेका थिए । २८ बुँदे प्रतिवद्धताहरुमध्येको ९ नम्बरमा प्रतिवद्धतामा फोहोर व्यवस्थापनबारे बालेनका विभिन्न एजेण्डाहरु रहेका छन् । 

उनले घोषणापत्रमार्फत् भनेका छन् –‘अर्गानिक, प्लास्टिक र सिसाजन्य फोहोरलाई छुट्टा–छुट्टै संकलन गरिनेछ । काठमाडौं महानगर नजिकै इन्सिनरेटर जडान गरी उच्चस्तरीय प्रविधिले फोहोरको व्यवस्थापन गरिनेछ । अर्गानिक फोहोरलाई प्राङगारिक मलमा परिणत गरी नजिकको कृषि प्रधान जिल्लाहरुमा बिक्री गरिनेछ । काठमाडौं महानगरपालिकाभित्रको सडकमा कालोपत्रे गर्दा प्लाष्टिकजन्य फोहोरसँग आस्फल्ट मिएर गरिनेछ र कारखाना वा औद्योगिक फोहोरको परिवर्तनीय क्षमता अनुसार व्यवस्थापन गरिनेछ ।’ 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !