site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा लगानी गर्न जापानलाई चेम्बरको आग्रह 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं‌ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक लगानीका लागि जापानलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज नेपालका लागि जापानी राजदूत किकुता युताकासँगको भेटवार्तामा नेपालको उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन जापानसँग आग्रह गरेका हुन् । 

“वैदेशिक लगानीको सुरक्षाका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरेको छ, आगामी वर्षको बजेटमा सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जापानको लगानी सुरक्षाका लागि हामी प्रतिबद्ध छौँ,”– अध्यक्ष मल्लले भने । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्दर्भमा नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गरे । नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जापानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापार गर्न राजदूतसमक्ष आग्रह गरे । 

राजदूतले नेपाल सरकारलाई जापान सरकारको तर्फबाट र आफ्ना दातृनिकायमार्फत लामो समयदेखि सहयोग हुँदैआएको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने बताए ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro