site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
पुटिनका 'निजी सेना' मानिने ११५ जना बर्खास्त
SkywellSkywell

मस्को । युक्रेनमा युद्ध गर्न दिइएको आदेश अस्वीकार गर्ने रुसको रोस्ग्भार्दियाका एक सयजना भन्दा बढी सदस्यलाई बर्खास्त गरिएको छ । रोस्ग्भार्दियालाई राष्ट्रपति भ्लादिमिर पुटिनको 'निजी सेना' भनिने गरिन्छ । 

उनीहरूले सामूहिक रूपमा मुद्दा दायर गरी आफूहरूलाई अवैध ढंगले बर्खास्त गरिएको भन्दै कानुनी चुनौती दिएका थिए । तर उनीहरूको मुद्दालाई रुसी सैनिक अदालतले खारेज गरिदिएको छ । दि गार्जियन नामक अखबारले ती सैनिकका कमान्डरहरूले युद्धमा जाने वा सजाय भोग्ने छनोट दिएको उनीहरूका वकिललाई उद्धृत गर्दै जनाएको छ । 

Dabur Nepal
NIC Asia

रुसका विभिन्न सञ्चार माध्यमले रुसको नेसनल गार्डका सदस्यहरूलाइ यसरी कारबाही गरिएको तथ्य पुष्टि गरेका छन् । दि गार्जियनकाअनुसार बर्खास्त गरिएका नेसनल गार्डका ११५ जना सदस्य अन्य सेना भन्दा पृथक छन् भने उनीहरूलाई क्रेमलिनले आंकवादविरुद्ध लड्ने र सरकार विरोधीहरूलाई तह लगाउने आन्तरिक सरक्षा फौजका रूपमा प्रयोग गर्दै आएको हो । 

बिज्नेस इन्साइडरबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro