site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बालेन नेतृत्वको काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठकमा के–के भयो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नगर कार्यपालिका बैठकलाई लाइभ गर्ने निर्णय गरेका काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले सोमबार पहिलो नगर कार्यपालिका बैठकमा विभिन्न एजेन्डाहरू अघि सारेका थिए । उनले फोहोरमैला व्यवस्थापन, शौचालय व्यवस्थापन, इन्फ्रास्टक्चर एम्बुलेन्स, कल सेन्टर स्थापना, परिचयात्मक कार्यक्रमसहितका एजेन्डा अघि सारेका थिए । जसमा महानगरका ३२ वटै वडाका वडाध्यक्षहरूले आफ्ना विचार राखे ।

प्राय: सबै वडाध्यक्षहरूहरूले फोहोरमैला व्यवस्थापनको विषयलाई प्राथमिकताका राखे । कतिपयले उपत्यकाको फोहोर व्यवस्थापन महानगर एक्लैले नसक्ने बताए त कतिपयले फोहोर उठाएबापत कर लिन नहुने बताए  । उनीहरूले मेयर बालेनलाई प्रदेश र संघ सरकारसँग समन्वय गरेर काम गर्न सुझाव दिएका छन् । महानगरको फोहोर व्यवस्थापन गर्न डम्पिङ साइटमा दिर्घकालीन फोहोर व्यवस्थापन गर्न सबै निकायको उत्तिकै भूमिका रहने उनीहरूको भनाइ छ । 

वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले त फोहोरमैला व्यवस्थापन नभएसम्म बैठकभत्ता नलिने घोषणा नै गरे । ‘‘फोहोर व्यवस्थापन नभएको अवस्थामा बैठक भत्ता लिन्नँ । बैंकमा बैठक भत्ता भनेर नहाल्नुहोला,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

वडा नम्ब १६ का वडाध्यक्ष मुकुन्द रिजालले फोहोर भने उठाएबापत कर लिएर जनतालाई मारमा पार्न नहुने बताए । भन्छन्, ‘‘घर, जग्गाको कर लिने क्रम अन्त्य गर्ने, काठमाडौं महानगरपालिकाले फोहोर उठाउने जिम्मा लिने, जनतालाई त्यसको मार नपार्ने काम गरौँ ।”

बालेनले काठमाडौंमा उत्पादन हुने ७५ प्रतिशत फोहोरलाई मलमा रूपान्तरण गर्न सकिने बताउँदै आएका छन् । 

Global Ime bank

बालेनले होटल तथा रेस्टुरेन्टहरूका शौचालयलाई सार्वजनिक प्रयोगका लागि प्रयोग गर्न सकिने विकल्प अघि सारेका छन् । महानगरले छुट्टै सार्वजनिक शौचालयहरू बनाएर मात्रै समस्या समाधान नहुने बताउँदै उनले यस्तो प्रस्ताव अघि बढाएका हुन् । नि:शुल्क रूपमा होटलका शौचालयहरूलाई प्रयोगमा ल्याउन सकेका सर्वसाधारणको समस्या समाधान हुने उनको विश्वास छ ।

साथै उनले महानगरको गुनासो संकलनका लाथि 'कल सेन्टर'को स्थापना गर्ने प्रस्ताव पनि अघि सारेका छन् । जसमा महानगरसँग सम्बन्धित गुनासो संकलन गर्न ३२ वडामै कल सेन्टर सञ्चालनमा ल्याइने भनिएको छ । 

अर्को प्रस्तावका रूपमा उनले इन्फ्रास्टक्चर एम्बुलेन्सको एजेन्डा अघि सारेका छन् । जसले सडकसहितका भौतिक पूर्वाधार बिग्रिएमा तत्काल पुगेर मर्मत सम्भार गर्ने छ । खानेपानी, ढल निकासजस्ता समस्याहरू समाधान गर्नका लागि एम्बुलेन्सले गर्ने उनको भनाइ छ । 

बालेनले ल्याएका प्राय: प्रस्तावमा वडाध्यक्षहरू सहमत देखिन्थे । तर, एजेन्डामात्र ल्याएर नहुने बरु तत्काल काम थाल्नुपर्ने उनीहरूको सुझाव छ । उनीहरूले आफूहरूले सकारात्मक काममा सधैँ साथ दिने बताएका छन् । पक्ष र विपक्ष अनुभूति नहुनेगरी काम गर्न उनीहरूको सुझाव छ । जनताका समस्या समाधान गर्न एक ढिक्का भएर अगाडि बढ्ने प्रतिवद्धता वडाध्यक्षहरूको छ । 

बालेनलाई चुनौती

महानगरपालिकाका कुल ३२ वडामा कांग्रेसको बहुमत छ । कांग्रेसले १९ वडाध्यक्षको नेतृत्व लिँदा एमालेले १२ वडाध्यक्ष पद जितेको थियो । एकीकृत समाजवादीले एउटा वडामा जितेको छ । उपमेयर सुनिता डंगोल पनि एमालेबाट निर्वाचित भएकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरले गरेका निर्णय कार्यपालिकाबाट पास गर्नुपर्ने प्रावधान छ । काठमाडौं महानगरपालिकाको ४२ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसको बहुमत रहने छ । उक्त ४२ सदस्यीय नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, नगरसभाले आफूमध्येबाट निर्वाचित गरेका पाँजना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभामा निर्वाचित ३ सदस्य हुनुपर्दछ । 

बालेन स्वतन्त्रबाट मेयरमा निर्वाचित भएका हुन् । त्यसकारण संख्यमा हिसाबले नगर कार्यपालिकामा बालेन अल्पमतमा छन् । 

ऐनको दफा १६ बमोजिम नगरसभा, कार्यपालिकाको बैठक बोलाउने, बैठकमा प्रस्ताव पेस गर्ने/गराउने काम नगरप्रमुखको हुने छ । यसर्थ महानगरपालिकामा राजनीतिक दलबाट निर्वाचित नगरसभा सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ । 

मेयर बालेनले आफू स्वतन्त्र भएकाले सबै दलका वडाध्यक्षहरूलाई समान रूपमा हेरको बताएका छन् । उनले सबैजनासँग सहकार्य गरेर अगाडि बढेर पाँच वर्षमा रिजल्ट देखाएरै छोड्ने बताएका छन् । 

महानगरकी उपमेयर डंगोलले पनि टिमवर्कमा काम गर्ने भन्दै आफ्नो धारणा राखेकी छन् । ‘‘फोहोर व्यवस्थापन गर्न कार्यदल गठन गनुपर्छ । महानगरमा रहेका समस्याहरू समाधान गर्न उठेका विभिन्न भिजन एजेन्डाहरूमध्ये होटल रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्ने हो । ३२ वडामा एक एक वडा शौचालयालाई प्राथमिकता दिनुपर्ने हुन्छ,” उनले भनिन्, ‘‘कल सेन्टरको कुरा पनि प्रशंसनिय छ । आइडियाहरू कार्यान्वयन गर्नका लागि उत्तिकै चुनौती रहेको र यस्ता चुनौतीहरूलाई समाधान गर्न टिममा काम गर्नुपर्ने हुन्छ ।”

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !