site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

चालकले जानीजानी विमान दुर्घटना बिरलै गराउँछन् । तैपनि, अधिकांश विमान दुर्घटना कुनै न कुनै प्रकारको मानवीय त्रुटि वा हेलचेक्य्राँइका कारण हुनेगर्छ । यसैले विमान कम्पनी र नियामक निकाय सजग भएमा अधिकांश दुर्घटना टार्न सकिन्छ ।
 
पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान आइतवार दुर्घटनामा परेको छ । तारा एयरका अनुसार पोखराबाट ९ः५५ बजे उडेको ट्विनअटर मुस्ताङको थासाङ - २ को सानुसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।  

विमानमा २ जना जर्मन, ४ जना भारतीय र १३ नेपाली यात्रु तथा चालकदलका सदस्य ३ जनासमेत २२ जना थिए । प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार घटनास्थलको प्रकृति हेर्दा यात्रुहरू जीवित भेटिने सम्भावना अत्यन्त कम देखिन्छ ।

KFC Island Ad
NIC Asia

यसअघिका दुर्घटनामा जस्तै सरकारले यसपटक पनि आधिकारिक छानबिनका लागि औपचारिक समिति गठन गर्नेछ । समितिको प्रतिवेदन दराजको कुनै कुनामा थन्क्याइनेछ । सम्बन्धित अधिकारी कसैले पनि त्यस प्रतिवेदनलाई सम्झनेछैनन् ।  
 
पीडितका आफन्तका लागि भने दुर्घटना आजीवन हृदयविदारक हुन्छ । मर्नेहरूको मात्र होइन बाँच्नेहरूकै निम्ति पनि संसार स्वाहा हुनपुग्छ । विडम्बना, राज्य र विमान कम्पनीले भने उस्तै हेलचेक्य्राइँ दोहोर्‍याई रहनेछन् ।
   
हवाई दुर्घटनाका कारणहरूमा मूलतः चालकको असावधानी, एयर ट्राफिक कन्ट्रोलरको गल्ती, निर्माणको त्रुटि, मर्मत सम्भारको कमजोरी, विध्वंश तथा प्रतिकूल मौसम प्रमुख हुने मानिन्छ । नेपालमा यी सबै कारणहरू विद्यमान देखिन्छन् ।

नेपालमा सुरक्षाका नियमहरू पालनामा आलटाल गरिने र थोत्रा जहाजहरूबाट हवाई उडान गराइने कारणले पनि दुर्घटनाको जोखिम बढाएको मानिन्छ । सरकारी कम्पनीले नै थोत्रा र सुरक्षा जोखिम भएका जहाज उडाउने हुनाले पनि नियामक निकाय मौन रहेको हुनसक्छ ।
 
 सरकारी निकाय र विमान कम्पनीले हवाई सुरक्षामा हेलचेक्य्राइँ गर्न थालेपछि विमान दुर्घटना पनि बढ्ने गर्छ । आइतवार भएको तारा एयरको विमान दुर्घटनाको कारण त अहिलेसम्म थाहा भइसकेको छैन । तर, कतै न कतै हवाई सुरक्षामा हेलचेक्य्राइँ भएको हुनसक्ने सन्देह भने उत्पन्न हुन्छ । 
 
 यसैले सरकारले यसपटक छानबिनलाई औपचारिकतामा सीमित नगरोस् । कम्तीमा दुर्घटनाको कारण पत्ता लगाउन र त्यसमा कसैको दोष भेटिएमा कारबाही गर्न पनि मोलाहिजा नगरोस् । 
 
साथै, चालकदलका सदस्य विशेषगरी निजी विमान कम्पनीका कामदारमाथि पर्ने चर्को कार्यबोझको दबाबलगायतका विषयमा नियामक निकायले ध्यान देओस् । रोक्न नसकिए पनि नियामक निकायका अधिकारी र सेवा सञ्चालकहरू इमानदार हुने हो भने धेरै हवाई दुर्घटना टार्न सकिन्छ । हेलचेक्य्राइँको मार आफैँमाथि पनि पर्न सक्छ भन्ने नबिर्सौँ । 
 
 
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १२:१५
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro