देश
काठमाडौं । १९ यात्रु र तीनजना चालक दलका सदस्य बोकेको सम्पर्कविहीन भएको तारा एयरको जहाज मुस्ताङको टीटी डाँडासम्म सम्पर्कमा रहेको बताइएको छ ।
त्यसपछि उक्त जहाज सम्पर्कविहीन भएको थियो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार अहिलेसम्म जहाजको बारेमा केही जानकारी प्राप्त भएको छैन ।
“जहाज सम्पर्कमा छैन,” उनले भने, “त्यो बाहेकको विवरण आइसकेको छैन । हामी बुझ्ने प्रयासमै छौँ ।”
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ ११:१६
प्रतिक्रिया दिनुहोस्