site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
चितवनमा स्टार्टअप एन्ड आइडिया फेस्ट हुँदै
Sarbottam CementSarbottam Cement

चितवन । बागमती प्रदेशको चितवनमा स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा जेठ १६ गते सोमबार चितवनमा स्टार्टअप फेस्ट आयोजना हुने भएको हो । फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा विद्यार्थीका लागि आइडिया सहभागी हुन सक्नेछन् । 

फेस्टसँगसँगै एक्सपिरियन्स सेयरिङ तथा मेन्टरिङ सेसन र आइडिया पिचिङ समेत आयोजना हुनेछन् । एक्सपिरियन्स सेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरूले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशीलतामा प्रशिक्षण प्रदान गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, आइडिया पिचिङ सेसनमा सहभाभी स्टार्टअपहरूको आफ्नो आइडिया प्रस्तुत गर्नेछन् । उक्त आइडियाहरूमध्येबाट उत्कृष्ट पाँच आइडियालाई इन्कुबेसनका लागि छनोट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग समन्वय गरिनेछ । स्टार्टअप फेस्टमा निःशुल्क सहभागी हुन सकिनेछ । कार्यक्रमबारे थप जानकारी लिन nepalistartup.com भिजिट गर्न वा ९८०१२६३६०४ मा फोन गर्न सकिनेछ । 

यसअघि, वागमती बाहेकका ६ वटा प्रदेशमा स्टार्टअप एन्ड आइडिया फेस्ट उत्साहजनक सहभागिताका साथ सम्पन्न भइसकेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC