विशेष

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै प्रतिलिटर १० रुपैयाँ लगााइँदै आएको पूर्वाधार घर हटाउने निर्णय भएको एक मन्त्रीले बाह्रखरीलाई जानकारी दिए ।
“१० रुपैयाँ पूर्वाधार विकास कर हटाउने निर्णय भएको छ । आजभोलिनै लागु हुनुपर्ने हो,” उनले बाह्रखरीसँग भने । सरकारले पूर्वाधार कर हटाउने निर्णय गर्दै आयल निगमलाई उक्त कर हटाएपछि लागत अनुसारको परल मूल्यमा इन्धन बिक्री गर्ने निर्णय भएको छ ।
हाल भारतीय आयल कर्पोरेसनले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउँदै आएको छ । सोही अनुसार इन्धनको मूल्य नेपालमा १५/१५ दिनमा परिमार्जन हुँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९ १३:१९
प्रतिक्रिया दिनुहोस्