site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सहरमा किन कमजोर छ माओवादी ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत देशभरका अधिकांश पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणामले कांग्रेसलाई पहिलो, एमालेलाई दोस्रो र माओवादी केन्द्रलाई तेस्रो हैसियत दिएको छ । एमालेभन्दा १२२ स्थान बढी जितेर कांग्रेस पहिलो भएको छ ।

कांग्रेसले १२६ स्थानीय तह जित्दा एमाले २०४ स्थानीय तह जितेर दोस्रो भएको छ भने नेकपा माओवादी केन्द्र १२१ स्थानीय तह जितेर तेस्रो भएको छ । माओवादी केन्द्र एमालेभन्दा ८३ स्थानीय तह कम जितेको छ । त्यसभन्दा पछि रहेका दलहरू भने धेरै पछि छन् ।   

समग्र मत परिणामले माओवादी केन्द्रलाई तेस्रो र सम्मानजनक हैसियत दिए पनि काठमाडौं उपत्यकामा भने एकदमै कमजोर अवस्था देखिएको छ । उपत्यकाका कुल २१ वटा स्थानीय तहमा एउटा पनि नेतृत्व जित्न सकेको छैन । यी पालिकाका वडामा पनि माओवादी केन्द्र एकदमै कमजोर अवस्था देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उपत्यकाका २१ स्थानीय तहमा २४८ वडामध्ये १३६ वडामा माओवादी केन्द्र पराजित भएको छ । उसले जम्मा १२ वडा मात्रै जितेको छ । उपत्यकाका तीन जिल्लामध्ये ललितपुरमा छ वटा स्थानीय तह रहेका छन् । जसमध्ये ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका कुल ५ वडामध्ये माओवादीले २ वडा जितेको छ । कोन्ज्योसोमको वडा नम्बर–१ मा माओवादी केन्द्रका सन्तलाल लामा र वडा नम्बर–५ मा विजयकुमार स्याङ्तान निर्वाचित भए । 

गोदावरी नगरपालिकाका कुल १४ वडामध्ये वडा नम्बर ३ मा माओवादीका सानुराजा घिमिरे र ८ मा शुकबहादुर लामा निर्वाचित भए । नगरपालिकाको मेयर र उपमेयर कुनै पनि पदमा माओवादीले जित्न सकेन । 

Global Ime bank

यस्तै, बागमती गाउँपालिकाका ७ वडामध्ये माओवादीले ५ नम्बर वडामा मात्रै जित हासिल ग¥र्यो । वडानम्बर–५ को वडाध्यक्षमा माओवादी केन्द्रका नवराज तिमल्सिना निर्वाचित भए । बागमती गाउँपालिकाको उपाध्यक्षमा भने माओवादी केन्द्रका भक्तबहादुर दर्नाल विजयी भए ।  

ललितपृुरकै अर्को पालिका महांकाल गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मामाया गोले निर्वाचित भइन् । यो पालिकामा माओवादी केन्द्रले एउटा पनि वडा जित्न सकेन ।  ललितपुरकै महालक्ष्मी नगरपालिकाका १० वडामध्ये माओवादीले एउटा वडा जितेको छ । वडानम्बर–६ मा माओवादी केन्द्रका धर्म महर्जन विजयी भएका छन् ।  

ललितपुर महानगरपालिकाका २९ वडामध्ये २१ नम्बर वडामा माओवादीका रविन्द्र महर्जन, २६, मा सुरेश महर्जन र २७ मा हरिकृष्ण महर्जन निर्वाचित भए ।  

भक्तपुर जिल्लाका पालिकाका वडामा भने माओवादीले शून्य उपस्थिति बनाएको छ । भक्तपुर नगरपालिकामा १० वडामध्ये एउटा वडामा पनि माओवादीले जित्न सकेन । चाँगुनारायण नगरपालिकाका १० वडामा पनि माओवादीको उपस्थिति शून्य भएको छ । मध्यपुर थिमी नगरपालिकाको उपमेयरमा माओवादीका विजय कृष्ण श्रेष्ठ निर्वाचित भए । नगरपालिकाका कुल ९ वडामध्ये माओवादीले एउटा पनि वडामा जित हासिल गर्न सकेन ।  सूर्यविनायक नगरपालिकाका जम्मा १० वडामा पनि माओवादीले पूर्ण पराजय भोग्नुपर्यो ।  

काठमाडौंमा पनि कमजोर 

देशकै सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौं जिल्लामा  ११ वटा स्थानीय तह छन् । यी स्थानीय तहमा १३८ वडा रहेका छन् । काठमाडौंको चन्द्रागिरि नगरपालिकाका १५ वडामध्ये दुई वडाध्यक्ष पद माओवादीले जितेको छ । वडानम्बर–२ मा माओवादीका भाइकृष्ण तामाङ र वडानम्बर–५ मा राजेन्द्र महर्जन विजयी भएका छन् । 

टोखा नगरपालिकाका ११ वडा, दक्षिणकाली नगरपालिकाका  ९, तारकेश्वर नगरपालिकाका ११, नागार्जुन नगरपालिकाका १०, बुढानीलकण्ठ नगरपालिकाका १३ वडामा माओवादीले शून्य जित निकालेको छ ।  काठमाडौंको शंखरापुर नगरपालिकाको वडानम्बर–१ मा माओवादीका वेदनारायाण दंगाल विजयी भएका छन् । 

काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये मतपरिणाम आएका कुनै पनि वडामा माओवादीले जितेको छैन । बाँकी वडामा समेत उसको अग्रता देखिएको छैन । कागेश्वरी मनोहरा नगरपालिकाका ९ वडा, कीर्तिपुर नगरपालिकाका–१० र गोकर्णेश्वर नगरपालिकाका ९ वडामा पनि माओवादीको नेतृत्व शून्य रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !