site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
धनगढी सुपर लिग : धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी
SkywellSkywell

धनगढी । कैलालीको धनगढीमा जारी टी–२० क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’अन्तर्गत आइतबार भएका खेलमा धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी भएका छन् ।

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा जारी प्रतियोगितामा आइतबारको पहिलो खेलमा बुङ्गल क्रिकेट क्लब बझाङलाई पराजित गरी धनगढी क्रिकेट एकेडेमी र दोस्रो खेलमा लिटल फ्लावर क्रिकेट क्लबलाई पराजित गरी महेन्द्रनगर क्रिकेट क्लब विजयी भएको हो ।  

आइतबारको पहिलो खेलमा बझाङको बुङ्गल क्रिकेट क्लबलाई ८० रनले पराजित गर्दै धनगढी क्रिकेट एकेडेमीले आफ्नो तेस्रो खेलमा पहिलो जित निकालेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

KFC Island Ad
NIC Asia

१६६ रनको विजयी लक्ष्य पछ्याएको बुङ्गलले १६.२ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो । उसका लागि किरण कुमार ठगुन्ना र सन्दीप विष्टले १८-१८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन ।

डीसीएको बलिङतर्फ हिक्मत महराले ४ ओभर बलिङ गर्दै १ मेडनसहित १० रन खर्चिएर महत्त्वपूर्ण ४ विकेट लिए । त्यस्तै सुवास ऐर र अरूण ऐरीले २-२ विकेट लिए । 

त्यसअघि डीसीएकालागि राजु रिजालले ४१ बलमा ५४ रनको अर्धzतकीय पारी खेले । उसका भोजराज भट्टले ३२ रन बनाए । बलिङतर्फ बुङगलकालोकेन्द्र चन्द र अशोक धामीले २-२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच हिक्मतचुनिए । 

आइतबारको दोस्रो खेलमा लिटल फ्लावर क्रिकेट क्लबलाई ११६ रनले पराजित गर्दै महेन्द्रनगर क्रिकेट क्लबले विशाल जित दर्ता गर्‍यो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लिटल फ्लावर ८.२ ओभरमा अलआउट हुन पुग्यो ।

महेन्द्रनगरका विकास आग्रीले घातक बलिङ गरेपछि लिटल फ्लावर ३७ रनमै अलआउट भएको हो । उसका नरेन भट्टले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक बनेन ।

बलिङतर्फ महेन्द्रनगरका विकास आग्रीले २.५ ओभर बलिङ गर्दै १५ रन खर्चिएर महत्त्वपूर्ण ५ विकेट लिए । उसका हेमन्त धामी र विपिन धामीले २-२ विकेट लिए ।

त्यसअघि महेन्द्रनगरका लागि रोशन साउँदले टिमलाई ५० रनको अर्धशतकीय योगदान दिए । अनुराग सिंहले ३१ रन बनाए ।बलिङतर्फ लिटल फ्लावरका प्रकाश जैशीले ३ र सन्दीपखत्री र कृष्ण कार्कीले २-२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच विकास चुनिए । 

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २ लाख उपविजेताले १ लाख तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  २३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro