site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

परिवर्त्य वैदेशिक मुद्राको अभाव देखाएर अत्यावश्यकबाहेक अरू वस्तुको आयात कटौती गर्ने सरकारका कर्मचारीहरू सार्वजिनक खर्चमा विदेश सयर हुन बाँधेर निस्केका छन् । यसबाट स्पष्ट हुन्छ शासकहरू जनतालाई कति मूर्ख ठान्छन् ? 
 
विश्व स्वाथ्य संगठनको ७५औं साधारण सभामा भाग लिन मन्त्रीसमेत ३ जनालाई औपचारिक निम्ता गरिएको थियो । परन्तु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका कर्मचारीदेखि मन्त्रीका स्वकीय सचिवसमेत गरी १० जना स्विटजरल्याण्डको जेनेभा भ्रमणमा गए । 
 
एकातिर सरकार मुलुकमा परिवर्त्य वैदेशिक मुद्राको अभाव देखएर खर्च कटौतीका लागि सातामा दुई दिन सार्वजनिक कार्यालयहरू बन्द गर्छ । अर्कातिर, सरकारी ढुकुटीका साथै दुर्लभ वैदेशिक मुद्रा यसरी उल्फाको धन झैँ उडाउँछ ।
 
जेनेभा भ्रमण काण्डमा आर्थिक अराजकताका साथै प्रशासनिक अनुशासनहीनता पनि देखियो । भ्रमणमा जाने १० जनामध्ये ३ जनालाई निम्ता आएको र बाँकी ७ जना मन्त्रालयका सचिवको जानकारीविना नै गएको बेहोरा सचिवले नै सकारेका छन् ।
 
भ्रमण टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका निजी र स्वकीय सचिव पनि समावेश भएका रहेछन् । सचिवका अनुसार उनीहरूको खर्च राज्यले बेहोरेको छैन । त्यसो भए ती कर्मचारी आफ्नै खर्चमा गएका हुन् त । पक्कै होइन । 
 
यसरी छलछाम गरेर जानेहरूले राज्यकै नाममा आउने रकम तानतुन पारेर खर्च गर्ने हुन् । यसैले स्वास्थ्य मन्त्रीकै आदेशमा उनका निजी र स्वकीय सचिवको जेनेभा सयरका लागि खर्चको जोहो मातहत कर्चारीले गरेको हुनुपर्छ । 
 
विश्व स्वास्थ्य संगठनको साधारण सभामा नेपालका तर्फबाट जेनेभास्थित नियोगले नै भाग लिएको भए पनि हुन्थ्यो । मन्त्रीलगायत ३ जनालाई निम्ता र भ्रमण खर्च विश्व स्वास्थ्य संगठनले दिएको हो भने बढीमा तिनलेसम्म भाग लिनुपर्थ्यो । 
 
भ्रमण टोलीका अरू ७ जना कसैको पनि भ्रमणको औचित्य र उपायदेयता देखिन्न । मन्त्रीका पीएहरूको त साधारण सभासँग झन् कतै कुनै साइनो हुँदैन । यसैले तिनलाई दिइएको सटही सुविधासमेत कानुन र आर्थिक अनुशासनविपरीत देखिन्छ ।
 
व्यापार र उद्योगका लागि समेत वैदेशिक मुद्रा सटही नियन्त्रण गर्ने सरकारकै मन्त्री र उच्चपदस्थ कर्मचारीले यसरी औचित्यहीन फजुल खर्च गर्नु भ्रष्टाचार र अनुशासनहीनता हो । साथै जनतालाई दिएको धोका पनि हो । 
 
यसैले यस्तो फजुल खर्चलाई प्रोत्साहन गर्ने मन्त्री र त्यसमा सहयोग गर्नेहरू सबैले जनतालाई यसको उत्तर दिनुपर्छ । त्यतिमात्र होइन प्रधानमन्त्री र अर्थमन्त्रीले पनि यस्तो बेथितिका जनता सामु स्पष्टीकरण दिनुपर्छ ।

नेपाल राष्ट्र बै‌क र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि आआफ्नो दायित्व पूरा गरून् ! जनतालाई मूर्ख ठान्नेहरूले यसको महँगो मूल्य चुक्ता गर्नुपर्ने हुनसक्छ । जनतालाई सधैँ मूर्ख बनाउने सपना नदेख !   
 
 
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १५:५६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro