site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरावगीसँगै एमालेमा गएका दुवै वडा अध्यक्ष पराजित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका निवर्तमान मेयर विजय कुमार सरावगीले एमालेमा प्रवेश गराएका दुवै निवर्तमान वडाअध्यक्ष पराजित भएका छन् ।

गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव जितेका सरावगीसँगै वीरगन्ज महानगरपालिका वडा नम्बर २५ र २८ का वडाअध्यक्ष पराजित भएका हुन् । वडा नम्बर २५ का विसराज राउत कुर्मी र २८ की गृजा देवी पराजित भएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गत निर्वाचनमा ६ सय ४३ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका वडा नम्बर २५ का विसराज यसपटक नेकपा (एमाले)बाट चुनाव लडेर पराजित भएका छन् । वडा नम्बर २५ मा जसपाबाट चुनाव लडेको आशुतोष चर्तुवेदीसँग कुर्मी ५५ मतले पराजित भएका हुन् । गत निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट चुनाव लडेर ५ सय ७० मत पाएका चर्तुवेदी यसपटक जसपाबाट वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै वडा नम्बर २८ की गृजा देवी जसपाका सर्युग महतो धानुकसँग २ सय ५४ मतान्तरले पराजित भएकी छन् । गत निर्वाचनमा १ हजार ३ सय २८ मतले निर्वाचित भएकी गृजादेवीलाई उनकै प्रतिद्वन्दी धानुकले पराजित गरेका हुन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट चुनाव लडेका धानुक गृजादेवीसँग १६ मतले पराजित भएका थिए । गृजा देवी उनका पति जयनारायण सिंह कुर्मीको निर्देशनबमोजिम चल्ने गरेको बताइन्छ । कुर्मी पनि सरावगीको निर्देशनअनुसार एमालेमा प्रवेश गरेका हुन् ।

Royal Enfield Island Ad

वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर सरावगीले जसपा परित्याग गरेर एमाले प्रवेश गरेसँगै उनले जसपाबाट चुनाव जितेका सबै वडाअध्यक्षलाई एमाले प्रवेश गराउने दाबी गरेपनि २ जनालाई मात्रै प्रवेश गराएका थिए । यद्यपि एमालेमा गएपनि दुवै जना पराजित भएपछि अहिले पश्चाताप गरिरहेको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  २१:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro