site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोहलीको आक्रमक ब्याटिङमा बैंगलोरको जित, प्लेअफ सम्भावना जिवितै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पूर्व कप्तान विराट कोहलीले आक्रमक ब्याटिङ प्रदर्शन गरेपछि रोयल च्यालेन्जर्स बैंगलोरले बिहीबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्समाथि ८ विकेटको विजय हासिल गरेको छ । 

जितसँगै बैंगलोरले प्लेअफको सम्भावना जिवित राखेको छ । १४ खेलबाट १६ अंक जोडेको  बैंगलोर चौथो स्थानमा छ । १३ खेलबाट १४ अंक जोडेको दिल्ली क्यापिटल्स पाँचौं स्थानमा छ । दिल्लीले शनिबार मुम्बई क्यापिटल्सविरुद्ध खेल्नेछ । दिल्लीले जितेमा बैंगलोरको सम्भावना समाप्त हुनेछ । किनकी दिल्लीको पनि १६ अंक हुनेछ र रनरेटमा दिल्ली अघि हुनेछ । दिल्ली पराजित भए बैंगलोरले प्लेअफमा स्थान पक्का गर्नेछ । गुजरातले भने यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

मुम्बईको वाङ्खडे रंगशालामा गुजरातले टस जितेर ब्याटिङ गरेको थियो । गुजरातले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य बैंगलोरले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।

बैंगलोरका लागि कोहलीले ५४ बलमा आठ चौका र दुई छक्कासहित ७३ रन बनाए । कप्तान फफ डुप्लेसीले ४४ रन जोडे । कोहलीले र डुप्लेसीले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । ग्लेन म्याक्सवेलले १८ बलमा पाँच चौका र दुई छक्कासहित अविजित ४० रन बनाए । दिनेश कार्थिक दुई रनमा अविजित रहे । 

Royal Enfield Island Ad

गुजरातका राशिद खानले २ विकेट लिए ।

त्यसअघि गुजरातका लागि कप्तान हार्दिक पान्डेयले अविजित ६२ रन बनाए । डेभिड मिल्नरले ३४ रन जोड्दा ऋदिमन शाहले ३१ रन बनाए । राशिद खान १९ रनमा अविजित रहे ।

बैंगलोरका जोश हाज्लेउडले २ विकेट लिए । म्याक्सवेल र वानिन्दु हसरंगा डी सिल्भाले एक एक विकेट लिए । 

आईपीएलमा आज राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro