राजनीति
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म २६ हजार ८६३ मतगणना भइसकेको छ ।
पछिल्लो गणनाअनुसार सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार किशोर राईले सात हजार ७१७ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा स्वतन्त्र उमेदवार हर्कराज राई छन् । उनले सात हजार ४६१ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी नेकपा (एमाले)की उमेदवार मञ्जु भण्डारी सुवेदीले ६ हजार ४२५ मत ल्याएकी छन् ।
उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार अइन्द्रविक्रम बेघाले आठ हजार ६७० मतसहित अग्रता बनाएका छन् । एमालेका पदमप्रसाद लिम्बूले आठ हजार ३२४ मतसहित उनलाई पछ्याइरहेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ ०९:४९
प्रतिक्रिया दिनुहोस्