site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पर्साको कालिकामाईमा कांग्रेस र जसपाको कडा टक्कर
SkywellSkywell

वीरगन्ज । पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उमेदवार नेपाली कांग्रेसका उमेदवारभन्दा ८० मतान्तरले पछाडि परेका छन् ।

वडा नम्बर–१ देखि ४ सम्मका आठ हजार ७७६ मत गन्दा कांग्रेसका उमेदवार अजय पटेल जसपाका वशिष्ट गुप्ताभन्दा ८० मतान्तरले अगाडि छन् । पटेलले तीन हजार ८० मत ल्याएका छन् । गुप्ताले तीन हजार मतसहित पछ्याइरहेका छन् । ६ हजार ४८९ मत गन्दासम्म गुप्ता ३६१ मतान्तरले अगाडि थिए । नेकपा (एमाले)का उमेदवार राजेशकुमार चौरसिया एक हजार १२८ मतसहित तेस्रो स्थानमा छन् ।

Dabur Nepal
NIC Asia

भर्खरै वडा नम्बर–५ को मतपेटिका खोलिएको छ । पाँच वडा रहेको गाउँपालिकामा अबको नेतृत्व यही वडाको मतगणनाले निर्धारण गर्नेछ ।

उपाध्यक्षमा पनि कांग्रेसकी उमेदवार राजमतीदेवी चौरसियाले तीन हजार ४३९ मतका साथ अग्रता लिएकी छन् । जसपाकी उमेदवार सहानी खातुन तीन हजार ६५ मतका साथ दोस्रो स्थानमा छिन् । एमालेकी अंशु आनन्दले ७४६ मत प्राप्त गरेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu