राजनीति
विराटनगर । मोरङमा सातवटा पालिकामा अझै मतगणना सुरू हुन सकेको छैन ।
रतुवामाई, लेटाङ, सुन्दरहरैंचा, पथरीशनिश्चरे नगरपालिका, विराटनगर महानगरपालिका र केराबारी गाउँपालिकामा गणना शुरु भएको छैन ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ती पालिकाहरुबाट मतपेटिका संकलन गर्न ढिला भएकोले मतगणना शुरु हुन विलम्ब भएको हो ।
हालसम्म मतगणना सुरु भएका पालिकाहरुमा मिक्लाजुङ, कानेपोखरी, ग्रामथान, कटहरी, जहदा, बुढीगंगा गाउँपालिका, उर्लाबारी, बेलबारी, धनपालथान, सुनवर्षी, रंगेली नगरपालिका रहेका छन् ।
कतिपय पालिकामा सर्वदलीय बैठक गरेर उमेदवारका प्रतिनिधि राख्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ ०९:१०
प्रतिक्रिया दिनुहोस्