राजनीति
काठमाडौं । झापा जिल्लामा हालसम्म ६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन आयोगले जानकारी दिएको छ ।
जिल्लाका मुख्य निर्वाचन अधिकृत तुलसी नेपालका अनुसार ५२ मतदान स्थलमा मतदान जारी छ । यता, विर्तामोड नगरपालिकाको विद्युत गृह मतदान केन्द्रमा भने मतपत्रमा हस्ताक्षर नभएको भन्दै रोकिएको छ ।
नेपालका अनुसार मतदान सकिएका स्थानीय तहबाट मुचुल्का उठाउने र मतपेटीका ल्याउने तयारी भइरहेको छ ।
“मतदान सकिन अब केही बाँकी छ । हामी मतपेटीका संकलन गरेपछि आजै रातीबाट मतगणना सुरु गर्छौं,” उनले बाह्रखरीसँग भने । झापामा १५ स्थानीय छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ १८:१८
प्रतिक्रिया दिनुहोस्