site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

काठमाडौं । सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा स्तरोन्नति हुने बताइएको छ । 

सोमबार यहाँ कम विकसित मुलुकहरुको नागरिक निगरानी मञ्च (एलडिसी) ले आयोजना गरेको राष्ट्रिय परामर्श गोष्ठीमा राष्ट्रिय योजना आयोगका सहसचिव लालशंकर घिमिरेले उक्त कुरा बताएका हुन् । 
सहसचिव घिमिरेका अनुसार आयोगले आफ्नो १२औँ आवधिक योजनामा निर्धारित सन् २०३० सम्मको लक्ष्यभन्दा अघि बढेर १३औँ आवधिक योजनामा सन् २०२२ सम्ममा मुलुकलाई अति कम विकसित मुलुकको समूहबाट स्तरोन्नति गर्ने लक्ष्य निर्धारण गरिसकेको छ । 

Dabur Nepal
NIC Asia

त्यसका लागि भ्रष्टाचारको न्यूनीकरण, सुशासन, राजनीतिक स्थिरता ल्याई अधिक विकास र सामाजिक विकासमा जोड दिनुपर्ने पनि घिमिरेको भनाइ छ ।

एलडिसीका अन्तर्राष्ट्रिय संयोजक गौरी प्रधानले २०१७ देखि २०२४ सम्ममा नेपाललगायत केही मुलुक विकासशील मुलुकका रुपमा जाने र त्यसका लागि आर्थिक र सामाजिक विकासले सकारात्मक फड्को मार्नुपर्ने धारणा राखे । 

गोष्ठीमा १२ बुँदे नागरिक समाज संगठनको काठमाडौँ घोषणापत्र पनि पारित गरिएको छ । 
घोषणापत्रमा मुख्य गरी निकासी अभिवृद्धिका लागि नेपाल व्यापार एकीकरण रणनीति, २०१६ प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने, उत्पादन तथा पूर्वाधार विकासमा लगानीकर्ताका रुपमा उनीहरुको भूमिकालाई माथि उठाउनका लािग निजी क्षेत्र र विकास साझेदारीलाई जोडदार आह्वान गर्ने, वित्तीय खाडललाई पूर्ति गर्न प्रत्यक्ष वैदेशिक लगानीलाइ आकर्षित गर्न उपयुक्त वातावरण सिर्जना गर्नेजस्ता बुँदा रहेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ६, २०७४  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro