site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पूर्ण बहादुरको सारङ्गी’ले मनायो ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । कात्तिक १५ गते रिलिज भएको चलचित्रले आज ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन मनाएको हो । 

‘पूर्ण बहादुरको सारङ्गी’ले ३८ वटा सिनेमा हलमा ५१ दिन मनाउने पहिलो चलचित्र बनेको छ । 

नेपाली बक्सअफिसबाट मात्रै यो चलचित्रले ६ हप्तामा ४९ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ५१ दिनको ग्रसकलेक्सन भने आज सार्वजनिक गर्ने कार्यकारी निर्मातामा रमेश चौलागाईंले जानकारी दिए । 

सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । 

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल, प्याट्रिक सुवेदी निर्माता हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ०७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro