site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

निर्वाचनमा मत नदिने पनि स्वतन्त्रता हुन्छ । मतदान प्रक्रियामा सहभागी भए पनि मतपत्रमा छाप नलगाउनेहरू पनि हुन्छन् । तैपनि,  मतदान गरिसकेपछि बदर नहोस् भन्ने चाहना भने धेरैको हुन्छ ।
 
मतदान अपेक्षाकृत प्राविधिक विषय पनि हो । नेपालमा उमेदवारलाई निर्वाचन चिह्न दिने र मतदाताले त्यही चिह्नमा छाप लगाएर मत स‌ङ्केत गर्ने अभ्यास प्रचलित छ । स्थानीय तहमा त झन् एउटै मतपत्रमा  ७ जना उमेदवारलाई मत दिनुपर्ने हुन्छ ।
 
पालिकाका प्रमुखरअध्यक्ष र उपप्रमुखर उपाध्यक्ष गरी २ जना तथा वडा अध्यक्ष र दुई खुला एवं दुई आरक्षित गरी ४ जना वडा सदस्यसमेत जम्मा ७ जनालाई मत दिनुपर्ने हुन्छ । निर्वाचन हुने पदभन्दा बढीलाई नपर्ने गरी दिइएको मतमात्र सदर मानिन्छ । 
 
निर्वाचन चिह्न पाएका एउटा दलहरूका उमेदवारहरूको चिह्न एउटै लहरमा हुन्छ । एउटै दल विशेषलाई मतदान गर्नेहरूलाई अपेक्षाकृत धेरै ठाउँमा निर्वाचन चिह्न खोजिरहनु पर्दैन । तर,   एकभन्दा बढी दललाई मत दिन भने चिह्नहरू खोज्न केही बढी समय लाग्न सक्छ ।
 
हडबड नगरी खोजेमा भने निर्वाचन चिह्नहरू पहिल्याउन खासै कठिन हुँदैन । यसैले आफूले मत दिने उमेदवारका चिह्न राम्ररी सम्झेर मतपत्र हातमा परेपछि चिह्न राम्ररी ठम्याएर छाप लगाउनुपर्छ ।
 
यसैगरी मतदाता नामावलीमा आफ्नो नाम पनि मतदाताले पहिले नै खोजेर क्रमसंख्या सम्झने वा लेखेर राख्ने गर्दा मतदान केन्द्रमा नाम फेला पार्न सजिलो हुन्छ । साथै मतदाता परिचयपत्र वा राज्यले दिएको अन्य कुनै परिचयपत्र पनि साथै लिएर जानुपर्छ ।
 
मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र  सदर हुँदैन । यसैगरी मतदान केन्द्रमा राखिएकै छाप मतपत्रमा लगाउनुपर्छ । अरू कुनै प्रकारको सङ्केत भएमा मत बदर हुन्छ । छापमा मसी धेरै भएर लतपतिनु हुँदैन भने सङ्केत स्पष्ट देखिने गरी मसी लागेको पनि हुनुपर्छ । 
 
मतदान प्रक्रिया गोप्य हुन्छ । यसैले मतपत्रमा छाप  लगाएपछि अरूले नदेख्ने गरी पट्याएर मतपेटिकामा खसाल्नुपर्छ । मतदान केन्द्रमा हतियारलगायत निषेध गरिएका कुनै वस्तु लैजान हुँदैन भने मतदान गर्न जाँदा मादक पदार्थ सेवन गर्नु पनि हुँदैन ।
 
यस्ता सामान्य विषयमा ध्यान दिएमा आफूले दिएको मत बदर हुँदैन । सानो गल्तीले आफूले दिएको मत बदर नहोस् भनी मतदाताहरू नै सावधान हुनुपर्छ । अनिमात्र मतदान गरेको उमेदवारका पक्षमा आफ्नो मतको गणना हुन्छ ।
 
भोलि वैशाख ३० गते शुक्रवार बिहान ७ बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान स्थलमा अपराह्न ५ बजे भित्रै प्रवेश गरेका मतदाता सबैले मत दिन पाउँछन् तर बेलैमा मतदान गरे मौसमले पार्ने अप्ठेरो भोग्नु पर्ने छैन । शान्ति र उत्साह पूर्वक मतदानमा सहभागी होऊँ । सबैले आफ्नो मत बदर हुन नदिन पावधानी अपनाऊँ ।  
 
 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १४:२६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro