site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
मस्क भन्छन्–ट्रम्पलाई सामाजिक सञ्जालबाट हटाउनु ठूलो मूर्खता हो 
SkywellSkywell

वासिङटन । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्क यतिबेला ट्विटर किन्ने होडमा छन् । यसैबीच उनले आफूले सफलतापूर्वक ट्विटर हासिल गरेमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्लेटफर्मले लगाएको प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । 

यति मात्र नभएर मस्कले ट्रम्पलाई सामाजिक सञ्जालबाट हटाउनु वास्तवमै एकदम मूर्खतापूर्ण निर्णय भएको समेत टिप्पणी गरेका हुन् । उनले ट्विटरलाई ४४ अर्ब डलरमा खरिद गर्ने तय भएको छ तर सम्झौता अझै सम्पन्न नभएको बताइएको छ । यसका लागि आगामी थप तीन महिनासम्म लाग्नेछ । 

Dabur Nepal
NIC Asia

फाइनान्सियल टाइम्ससँग कुरा गर्दै उनले ट्रम्पलाई ट्विटरबाट हटाउनुले उनको आवाज बन्द नहुने बरु उल्टै उनको नयाँ सामाजिक प्लेटफर्म, ‘ट्रयुथ सोसल’ मा दक्षिणपंथीहरु माझ व्यापक रूपमा बढ्ने बताएका हुन् । 

मस्कका अनुसार ट्विटरका ५० वर्षीय संस्थापक ज्याक डोर्सी पनि उनीसँग सहमत छन् । उनका अनुसार यो निर्णय नैतिक हिसाबले नै अनुचित थियो र चरम मूर्खता थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro