site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

वैशाख ३० गते मतदान हुने स्थानीय तहको निर्वाचनको प्रचार अवधि समाप्त भएको छ । गत मध्यरातपछि निर्वाचनसम्बन्धी प्रचारप्रसारको लागि निर्वाचन आयोगले तोकेको समय समाप्त भएसँगै मौन अवधि सुरु भएको हो ।
 
मौन अवधिका कुनै दल वा उमेदवारका पक्ष वा विपक्षमा प्रत्यक्ष परोक्ष कुनै पनि प्रकारले प्रचार गर्न नहुने सूचना निर्वाचन आयोगले जारी गरेको छ । यथार्थमा यो जनसाधारणका लागि पनि लागु हुने निर्वाचन आचार संहिता हो ।
 
यसैले उमेदवार, तिनका समर्थक र दलहरूले आचारसंहिता पालन गरून् भन्ने अपेक्षा गर्ने सबैले मौन अवधिका लागि निषेध गरिएका कुनै पनि नियमहरू पालन गर्नुपर्छ । निर्वाचनलाई अपेक्षाकृत स्वच्छ र निष्पक्ष बनाउने उद्देश्यले अन्तिम समयमा प्रचारप्रसार रोकिएको हुनुपर्छ ।
 
मौन अवधिमा समेत निर्वाचन आचारसंहिताका सबै नियम र नैतिकताको मर्यादा नराख्ने अभ्यास विगतका निर्वाचनहरूमा देखिएको थियो । यसैले राजनीतिक दल, उमेदवार र तिनका समर्थकले यसपटक पनि मौन अवधिको मर्यादा उल्लङ्घन गर्न सक्छन् ।
 
निर्वाचनमा कुनै दबाब वा हस्तक्षेपविना मतदान गर्न पाउने नागरिकको नैसर्गिक अधिकार हो । यसैले निर्वाचनलाई प्रभावित पार्ने गतिविधि रोक्नु जनसाधारणको पनि कर्तव्य हो । आफ्नो अधिकार जोगाउन मतदाता पनि सतत सजग हुनुपर्छ । 
 
यही अवधिमा अनुचित प्रलोभन, धाकधम्की र दबाब दिने कार्य पनि हुनसक्छ । विगतमा त्यस्तो भएको पनि थियो । यद्यपि, यसपटक निर्वाचन आयोग अपेक्षाकृत सजग देखिएको छ । आचारसंहिता उल्लङ्घनका घटनामा स्पष्टीकरणमात्र मागेको देखिए पनि सुरु गरेकीमा आयोग धन्यवादको पात्र बनेको छ ।
 
निर्वाचन प्रचारप्रसारका क्रममा उत्पन्न तनाव र वैमनस्य शान्त पार्ने मौकाका रूपमा पनि मौन अवधिको उपादेयता देखिन्छ । कसैलाई मत दिने अठोट गरी नसकेका मतदातालाई पनि यो अवधि सदाचारी, भद्र तथा इमानदार उमेदवार  पहिल्याउने  मौका बन्न सक्छ ।
 
यसैले आफूले पनि मौन अवधिको मर्यादा राखौँ र  यसको उल्लङ्घन गर्न अरूलाई पनि नसघाऊँ । विशेषगरी आफू कुनै पनि प्रकारले निर्वाचन प्रचारप्रसारमा संलग्न नहुने र भ्रम वा उत्तेजना फैलाउने सामग्री प्रचारप्रसार नगर्न नगराउन सजग होऊँ ।
     
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १३:४९
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro