site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मतदान हुँदैछ । जनसाधारणको नजिकको राज्यको एकाइ स्थानीय सरकार नै हो । स्थानीय तहमा असल र योग्य व्यक्ति निर्वाचित भए जनताले पाउने सेवा र सुविधा बढ्न सक्छ भने प्रभावकारी पनि हुनसक्छ ।   
 
मतदाताले विवेक प्रयोग गर्न नसके गलत व्यक्ति निर्वाचित हुन्छ । त्यस्तो व्यक्तिले निजी स्वार्थका लागि स्थानीय तहको स्रोत साधनको दुरुपयोग गर्छ भने सार्वजनिक सम्पत्ति पनि हिनामिना गर्छ । यस्ता बग्रेल्ती उदाहरण विगतमा प्रकट भइसकेका छन् ।
 
मतदानका दिन भएको गल्तीका कारण जनताका वास्तविक समस्या बेवास्ता गरेर विगतका कतिपय जनप्रतिनिधिले ५ वर्ष बित्थामा खेर फालिदिए । फेरि पनि त्यसरी नै समय खेर जान नदिन मतदाताले पनि विवेक र सुझबुझ प्रयोग गर्नुपर्छ ।
 
उमेदवारको निष्ठा र आचरण उसको चरित्र निर्धारण गर्ने महत्त्वपूर्ण आधार हुन् । चरित्रहीन व्यक्तिहरूले पटकपटक निष्ठा पनि परिवर्तन गरेको देखिन्छ । आफ्नो सबैभन्दा नजिकको सरकार निष्ठाहीनहरूका हातमा जिम्मा दिनु आत्मघाती मूर्खता हुन्छ । 
 
 यसैगरी विचार, वचन र कर्ममा समेत अहि‌ंसक, लोकतान्त्रिक र इमानदार व्यक्ति नै योग्य जनप्रतिनिधि साबित हुन्छ । प्रचलित व्यवस्थाप्रति नै आस्था नभएका व्यक्तिले निर्वाचित पदको अधिकार तथा स्रोत साधनको दुरुपयोग गर्न सक्छ ।
 
यसैले मतदान गर्नुपूर्व नै राम्ररी उमेदवार र निजले प्रतिनिधित्व गर्ने दल वा संस्था, समूहको पृष्ठभूमिका सम्बन्धमा पनि ध्यान दिनु जरुरी देखिन्छ । मतदानपछि पछुताउनु नपर्नेगरी मतदाताले विवेक प्रयोग गरून् ।
 
मत पाउन अनुचित प्रलोभन दिने वा देखाउने व्यक्ति निर्वाचित भयो भने मतदाता नै पछुताउनुपर्ने हुन्छ । गोप्य मतदान भएकाले आफ्नो विवेकको निर्धक्क प्रयोग गर्न पाइन्छ । कसैसँग डराउन वा तर्सन पर्दैन ।  
 
इमानदार, राजनीतिक निष्ठामा खोट नभएको र चरित्रमा दाग नलागेको उमेदवारलाई मतदान गरौँ । स्वतन्त्र मतदाताले उमेदवारको राजनीतिक एवं वैयक्तिक पृष्ठभूमि र पहिचान पनि हेर्नुपर्छ । 
 
क्षणिक आवेग वा प्रलोभनका कारण अभद्र, दुराचारी वा हिंसक प्रवृत्तिका  व्यक्तिलाई मतदान गर्नु आत्मघाती गल्ती हुनेछ । नबिर्सौँ, मतदाताले अहिले विवेक देखाउन सकेमात्र पछि पछुताउनु पर्नेछैन । 
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १५:१२
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro