site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौंमा मेयर उमेदवारका प्रतिबद्धता : पूरा हुन्छन् कि चुनाव जित्ने प्रपञ्च मात्रै ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैशाख ३० गते देशैभर स्थानीय तहको निर्वाचन हुँदै छ । उमेदवारहरू नेता कार्यकर्ताहरूसँगै मतदाताको घरदैलोमा पुगिरहेका छन् । 

काठमाडौं महानगर अरूभन्दा विशेष चर्चामा छ । काठमाडौंमा गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह, एमालेबाट पूर्वमेयर केशव स्थापित, स्वतन्त्र उमेदवार बालेन साह र विवेकशील साझाकी समीक्षा बास्कोटाको विशेष चर्चा छ ।

उनीहरू आजभोलि आफ्ना घोषणापत्र बोकेर घरदैलो कार्यक्रममा व्यस्त छन् । सबै उमेदवार घोषणापत्रमा उल्लेख भएका विषयहरू कार्यान्वयन गर्नमा दृढ देखिन्छन् । तर, विगतलाई हेर्दा नेपालमा राजनीतिक दलको घोषणापत्रको अक्षरश: कार्यान्वयन भएको एउटै उदाहरण भेटिँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरू हरेकपटक चुनावी मैदानमा रहँदा मिठा र अपत्यारिला आश्वासन बाँड्छन् । तर, निर्वाचित भइसकेपछि कार्यान्वन उत्तिकै नमिठो तरिकाले गर्छन् ।

काठमाडौंमा लामो समयदेखि मुख्य समस्याका रूपमा फोहोर, ट्राफिक जाम र अव्यवस्थित सहरीकरण रहेको देखिन्छ । हरेक चुनावजस्तै यसपटक पनि राजनीतिक दलदेखि स्वतन्त्र उमेदवारहरूले आफ्ना एजेन्डामा यिनै विषयलाई प्राथमिकतामा राखेका छन् ।

Global Ime bank

केशव स्थापित

एमालेका उमेदवार स्थापित पहिले आफू मेयर भएका बेला उदाहरणीय काम गरेको भन्दै अब आफू निर्वाचित भए फेरि काठमाडौंलाई सजिलै रूपान्तरण गर्न सक्ने बताइरहेका छन् । काठमाडौंलाई सांस्कृतिक नगरीका रूपमा विकास गर्ने, आर्थिक गतिशिलता बढाउने, शिक्षाको गुणस्तर बढाउनेलगायतका प्रतिवद्धता स्थापितले दिँदै आएका छन् । 

तर, स्थापितले औपचारिक रूपमा आफ्नो चुनावी घोषणापत्र भने सार्वजनिक गरेका छैनन् ।

एमाले काठमाडौं महानगर कमिटीले तीन भाषा (नेपाली, नेपालभाषा नेवाः र अंग्रेजी भाषा) मा चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेको छ । 

काठमाडौं महानगरपालिकाका वर्तमान मेयर एवं एमालेका केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यकाअनुसार काठमाडौं महानगरका लागि जारी गरेको प्रतिवद्धतापत्रमा जम्मा १०८ बुँदा छन् । ती बुँदाहरूमा काठमाडौंको सम्पदा, पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सुशासन कायम गर्ने आदिजस्ता विषय समेटिएका छन् । 

१०८ बुँदाको सार्वजनिक प्रतिवद्धता–पत्रमा एमाले नेतृत्वका जनप्रतिनिधिहरूको पहिलो कार्यकालमा ऐन, नियम, कार्यविधिहरूको तर्जुमा, सडक तथा ढलहरूको नियमित मर्मत सम्भार, स्तरोन्नति तथा विस्तार, २०७२ सालको महाभूकम्पबाट क्षति भएका सम्पदाहरूको जीर्णोद्धार, पुनर्निर्माण, अमूर्त सम्पदाहरूको जगेर्ना गर्ने जस्ता काम गरेको उल्लेख छ ।

त्यस्तै, आकर्षक प्रतिवद्धता अन्तर्गत महानगरपालिकाले सार्वजनिक गरेको प्रतिवद्धता–पत्रमा ७५ वर्षभन्दा माथिका वरिष्ठ ज्येष्ठ नागरिकहरूलाई दिदै आएको बार्षिक रु १२००० विशेष भत्ता वृद्धि गरी रु १८,००० पुर्‍याउने उल्लेख छ । 

यसअघि २०७४ सालमा काठमाडौं महानगरपालिकामा मेयर शाक्यले १०१ काम गर्ने भन्दै १०१ चुनावी प्रतिवद्धता बोकेर काठमाडौंवासीको घरदैलो चहारेका थिए । तर शाक्यको पाँच वर्षे कार्यकालमा अधिकांश चुनावी प्रतिवद्धताहरू अधुरै रहे । ती प्रतिवद्धताहरूको घोषणापत्र कागजमै सीमित छन् ।

सिर्जना सिंह

सत्ता गठबन्धनबाट साझेदार उमेदवारका रूपमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले पनि सात संकल्पसहितको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेकी छन् । 

सिंहका सात बुँदे संकल्पमा सेवा र सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा स्वच्छ सफा दिगो पर्यावरण, सुरक्षित सहर, संस्कृति सभ्यता र सम्पदा, सवल समुन्नत पूर्वाधार र सबल युवा स्वावलम्बी महिला सृजनशील महानगरवासी बनाउने रहेका छन् ।

उनले पनि आफ्नो प्राथमिकतामा काठमाडौंको फोहोर व्यवस्थापन र ट्राफिक व्यवस्थापन राखेकी छिन् । महिलाहरूका लागि गृहिणी भत्ता  प्याकेज ल्याउने समेत उनको वाचा छ । उनले महानगरवासीलाई निशुल्क खानेपानीको व्यवस्था गरिदिने समेत प्रतिवद्धता जनाएकी छन् ।

बालेन साह

काठमाडौंको मेयरको स्वतन्त्र उमेदवार बनेका बालेन साहले पनि २८ बुँदे चुनावी प्रतिवद्धताहरू सार्वजनिक गरिसकेका छन् । उनले आफ्नो चुनावी प्रतिवद्धतामा सरकारी कार्यालयको लाइन हटाउनेदेखि होम डेलिभरीसम्मका विषय समेटेका छन् ।

उनले होम डेलिभरी सरकार, आइडिया बैंक, भ्रष्टाचार विरोधी ब्युरो, कल केन्द्र, मेट्रो साइबर ब्युरोलगायतका प्रतिवद्धताहरू जनाएका छन् । 

समीक्षा बास्कोटा

विवेकशील साझा पार्टीबाट काठमाडौंको मेयर उमेदवार बनेकी समीक्षा बास्कोटाले फोहोर व्यवस्थापन र महिलामैत्री काठमाडौंलाई जोड दिएकी छन् । 

‘फोहोर राजधानी सफा गर्नुछ, फोहोरी राजनीति पनि सफाइ गर्नुछ । महिलामैत्री राजधानी सहर बनाउने' जस्ता विषय उनले दोहोर्‍याइरहेकी छन् । 

०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरको उमेदवार बनेर पराजित भएकी रञ्जु दर्शना दलहरूका प्रतिवद्धताहरू धेरै हुँदा पूरा हुन नसकेको बताउँछिन् । 

त्यस्तै काठमाडौं महानगरपालिकाका वर्तमान मेयर विद्यासुन्दर शाक्य पनि आफूले चुनावमा मोनोरेल, मेट्रोरेल, सभाहल, तीनकुने पार्क, महानगरको भवन लगायतका प्रतिवद्धताहरू पूरा गर्न नसकेको स्वीकार गर्छन् ।

छिमेकी महानगर ललितपुरका मेयर चिरिबाबु महर्जन प्रतिवद्धता जाहेर गर्दा र फिल्डमा काम गर्दा फरक परिस्थिति सृजना हुने भएकाले प्रतिवद्धता पूरा गर्न सजिलो नहुने अनुभव सुनाउँछन् । 

उनले फ्लाईओभर, बजार व्यवस्थापन गर्ने लगायतका प्रतिवद्धताहरू गरेका थिए । उनका चुनावी प्रतिवद्धता पनि अधुरै छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement