काठमाडौं । त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)ले सोमबार राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा जारी प्रतियोगिताको छैटौँ संस्करणमा आर्मी र एपीएफको महिला टोलीले विजय हासिल गरेका हुन् ।
पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले एभरेस्टमाथि २५–१९, २५–८, २५–१८ को स्कोरमा विजय हासिल गरेको हो । जितसँगै आर्मीले तीन अंक जोडेको छ ।
आजै सम्पन्न दोस्रो खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले पहिलो र दोस्रो सेट २५–२०, २५–२३ को स्कोरमा जितेको थियो । एपीएफले तेस्रो सेट २५–१७ ले जित्दै पुनरागमनको संकेत गरेको थियो । तर, पुलिसले चौथो सेट २५–१६ को स्कोमा जित्दै नतिजा आफ्नो पक्षमा पार्यो ।
लिगमा पुरुषतर्फ सात र महिलातर्फ पाँच टोलीको सहभागिता छ ।
थप तस्बिर हेर्नोस्–