site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुई दिन सार्वजनिक बिदा ‘आत्मघाती खेल’ त हुँदैन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । एकपटक असफल भइसकेको दुई दिन सार्वजनिक बिदाको अवधारणालाई पुनः ब्युँताइएको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरिसकेको छ । विशेषगरी आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि दुई दिने सार्वजनिक बिदा दिने अवधारणालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अगाडि सारेको थियो । तर, पछिल्लो समय पेट्रोलियम पदार्थको उच्च आयातसहितका कारण विदेशी मुद्राको संचितीमा दबाब परेपछि इन्धन घटाउने उपायस्वरुप दुई दिन सार्वजनिक बिदा दिइएको छ ।
 
तर, हाम्रो जस्तो कमजोर पूर्वाधार भएको मुलुकमा दुई दिन सार्वजनिक बिदा कति उपयुक्त होला ? दुई दिन सार्वजनिक बिदा हुँदा इन्धनको प्रयोग झन् बढ्ला कि साँच्चै घट्ला ? शुक्रबार प्रशासनिक कार्यालयहरु आधा समयमात्रै खुल्ने भए पनि सेवा प्रवाहमा निकै सुस्त रहेको अवस्थामा अब के होला ? भन्ने प्रश्न भने कायमै छन् ।

अर्को जुन प्रयोजनलाई मूख्य उद्देश्य राखेर दुईदिन सार्वजनिक बिदाको घोषणा गरिएको छ, त्यसको कार्यान्वयनका लागि कार्यविधि भने बनाइसकेको छैन । 

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेल इन्धन खपत कम गर्ने उद्देश्यले नै दुई दिन सार्वजनिक बिदा गरिएको बताउँछन् । दुई दिन बिदाको कार्यविधि भने बनिरहेको उनले बताए । दुई दिन सार्वजनिक बिदा सम्बन्धी व्यस्था लागू हुनुपर्व नै कार्यविधि बनिसक्ने उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

यता, नेपाल आयल निगमका अनुुसार दुई दिन सार्वजनिक बिदा दिँदा इन्धन खपत ७ देखि १० प्रतिशत मात्रै कम हुने अनुमान छ । तर, यसको ठ्याक्कै उल्टो हुने जोखिम समेत रहेको निगमकै अधिकारीहरुको छ । निगमका प्रवक्ता विनितमणी उपाध्याय कोरोनाकालको बेलामा जस्तो दुई दिन बिदामा कर्मचारीहरु घरमै बसे खपत घट्ने नभए नघट्ने बताउँछन् ।

“दुई दिन बिदा भएर घुमफिरमा जाने क्रम बढेको अवस्थामा इन्धन खपत घट्ने भन्दा पनि झन् बढ्न सक्ने स्थिति पनि देखिन्छ,” उनले भने । 

Global Ime bank

यता, पूर्व प्रशासक भने इन्धन घटाउन पूर्वसर्तहरु प्रभावकारी रुपमा कार्यान्वयन भए मात्रै दुई दिन बिदाले सार्थकता पाउने बताउँछन् । पूर्वसचिव कृष्णहरी बाँस्कोटा पूर्वसर्तहरुलाई प्रभावकारी कार्यान्वयन हुन नसके दुई दिन बिदा ‘आत्मघाती खेल’ हुन सक्ने बताउँछन् । 

“दुई दिन सार्वजनिक बिदा दिँदा सरकारी मोटरमा तेल खपत कम हुन्छ भन्ने छ । एक दिन गाडी नै नचलेपछि खपत कम हुने नै भयो,” उनले भने, “तर, सरकारी पदाधिकारीहरुलाई तोकिएको इन्धन कोटा तत्काल कटौती गर्नुपर्छ ।”

सचिव, सहसचिव, उपसचिव, मन्त्रीलगायतलाई इन्धन कोटा तोकिएको हुन्छ, इन्धनको कोटा नझार्ने हो भने इन्धन खपत कम हुन्छ भन्नु हास्यास्पद हुने उनले बताए । “बिदा नै खर्च कटौतीका लागि भनेर दिइसकेपछि खर्च कटौती गर्नेतर्फ नै जान प¥यो,” उनले भने । उनले दुई दिन बिदाले कर्मचारीहरुको उत्पादकत्व बढ्न सक्नुपर्नेमा पनि जोड दिए । 

“दुई दिन बिदा हुँदा कर्मचारीहरु निखारिएर पाँचदिन काम गर्ने गरी कार्यालयमा जानुपर्छ । त्यो दुई दिन तास खेल्न, मापसे गर्ने हो भने त झन् उत्पादकत्व घट्छ,” उनले भने । 

अर्को, अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयबाट सेवाग्राहीले सेवा पाउन थप एक दिन कुर्नुपर्ने हुन्छ । त्यसैले प्रत्यक्ष रुपमा सर्वसाधारण मर्कामा पर्नेछन् । 

त्यसैले अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय शनिबार, आइतबार पनि खोल्नुपर्ने पूर्वसचिव बास्कोटा बताउँछन् । 

“अहिले पनि चिडियाखाना, संग्राहलय शनिबार पनि खुल्छ । त्यहाँका कर्मचारीहरुले सट्टामा बिदा पाउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय सातैदिन खुल्छ । कर्मचारीहरुले पालोमा बिदा पाउँछन् । अस्पताल सातै दिन २४सै घण्टा खुल्छ । डाक्टरहरुले पालोमा काम गर्छन् । 

त्यस्तै कर्मचारीहरुलाई पनि पालोमा राखेर अत्यावश्यक सरकारी कार्यालय खुला गर्नुपर्छ,” उनले भने । 

दुई दिन सार्वजनिक बिदा हुने भएपछि कर्मचारीको योग्यताअनुसार बिदाको दिनमा अन्यत्र काम गर्न चाहेमा काम गर्न दिनुपर्ने समेत उनले बताए । 

समग्र प्रणालीमा नै दुईदिन बिदा दिन नहुने उनको सुझाव छ । 

“समग्र प्रणालीमा नै शनिबार र आइतबार बिदा दिने होइन । स्कुल र विश्वविद्यालयहरु शनिबार र आइतबार चल्ने भयो भने जागिर खाने व्यक्तिले कक्षा लिइदिन सक्छन्,” उनले भने । 

उनले तोकिएको समयमा कर्मचारीहरु नपुग्ने र त्यसको दोहोरो मारमा सेवाग्राही नै पर्न सक्नेतर्फ सचेत बन्नुपर्ने बताए । “साढे ९ बजेदेखि नै कार्यालय खुला हुने भनिए पनि १० बजे नै अड्डा खुल्ने हो कि भन्ने डर छ । अहिले पनि काठमाडौं जस्तो ठाउँमा टाढाटाढाबाट काम गर्न आउने कर्मचारी छन् । धुलिखेल, पनौतीलगायत बाहिर पनि पनि कर्मचारी आउँछन् । जाडो महिनामा साढे ५ हुँदा त सिंहदरबारमै झमक्क साँझ पर्छ । त्यसै पोखरामा पनि त अन्नपूर्ण गाउँपालिका, कोत्रेलगायतका ठाउँबाट काम गर्न पोखरा आउँछन् । यस्तो अन्यत्र पनि छ,” उनले भने, “सरकारले साढे ९ देखि साढे ५ बजेसम्म काम लगाउन सकेन भने दुई दिन बिदाले उत्पादकत्व घटाउन सक्छ । सातामा ४० घण्टा काममा लगाउने भनिएको छ । ४० घण्टाको काम उत्पादकत्व बढाउने गरी लगाउन सरकारले सक्नुपर्छ ।”

यस्ता सर्तहरु पूरा गर्न सक्ने हो भने दुई दिन सार्वजनिक आफैँमा नराम्रो होइन सर्त पूरा गर्न सकिएन भने ‘आत्मघाती खेल’ हुने उनको टिप्पणी छ ।

यता, दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय निजी शैक्षिक संस्थाहरुले नमान्ने बताएका छन् । 

हप्तामा दुईदिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक दबाब पर्ने र अध्ययन पठ्यक्रम पनि समयमा पढाउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरुले दुई दिन बिदा नदिने बताएका छन् । 

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक क्षेत्रसँग छलफल र परामर्श नगरी अचानक अव्यवहारि निर्णय गरेको बताए । 

“सरकारले दिने सार्वजनिक बिदा पनि धेरै छ । सार्वजनिक बिदा कटौती नगरी हप्ताको दुई दिन बिदा दिँदा पाठ्यक्रम समयमा पढाउन सकिँदैन,” उनले भने । 

सरकारले दुईदिन बिदा दिने कुराको वास्तविक कारण पनि नदिएकोले निजी शैक्षिक संस्था शनिवार बाहेकका दिनमा खुल्ने उनले बताए ।
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC