site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
किन चढिन्छ हिमाल ?

नेपालमा हिमरेखाभन्दा (५ हजार ५ सय मिटरभन्दा माथिका) हिमाल १७ सयभन्दा बढी छन् । हालसम्म सरकारले भने स्वदेशी तथा विदेशी पर्वतारोहीहरुका लागि ४ सय १४ वटा हिमाललाई मात्रै आरोहणका लागि खुला गरेको छ । ती हिमालहरुलाई कानुनीरुपमा मान्यता दिएर पर्वतारोहीबाट निश्चित दस्तुर (सलामी) लिएर आरोहण गर्ने अनुमतिपत्र दिने गरेको छ ।
 
नेपाल सरकारले पटकपटक गरेर हालसम्म ४ सय १४ वटा हिमालहरु स्वदेशी तथा विदेशी पर्वतारोहीहरुका लागि खुला गरेको भए पनि विश्वकै अग्लो हिम चुचुरो चोमोलुङमा अर्थात् सगरमाथा (माउन्ट एभरेस्ट), तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैटौं अग्लो चो–ओयु, सातौं अग्लो धौलागिरी, आठौं अग्लो मनास्लु, १० औं अग्लो अन्नपूर्ण प्रथम (अन्नपूर्ण–१) हिमालमा नै पर्वतारोहीको आकर्षण बढी देखिन्छ । 

त्यस्तै ७ हजार मिटर र त्यसभन्दा कम उचाइ भए पनि आमा डाब्लाम, नुप्चे, पुमोरी, बरुणत्से, कुम्भकर्ण (फक्ताङ लुङ), किरात चुली, हिमलुङ, नीलगिरि, हिउँचुली, गौ गुरी, भृकुटी हिमाल, सीता चुचुरा, अरनीको चुली, धाम्पुस (थापा) पिक, लाङटाङ लिरुङ, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, डोम ब्लँ, काङ्बाचेनलगायत हिमाल चढ्न धेरै जसो विदेशी पर्वतारोही नेपाल आउने गरेका छन् । 

KFC Island Ad
NIC Asia

त्यसबाहेक नेपालमा रहेका ३३ वटा ससाना हिमाल ‘टे«किङ पिक’ भनी सरकारले अलग्गै खुला गरेको छ । ती पिकहरुको रेखदेख, नियमन र रोयल्टी उठाउने जिम्मा नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाएको छ । 

त्यसो त हिमाल किन चढिन्छ ? वा विदेशीहरु किन हिमालय क्षेत्रमा घुम्न आउँछन् ? भन्ने सम्बन्धमा डाक्टर हर्क गुरुङले ‘पशुले आहारा खोजे झैँ मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्छ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईष्र्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रुप हो । पर्वत संसारको सबभन्दा गोप्य अङ्ग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरु मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रुप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रुप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आपूmलाई एउटा क्षुद्र्र जीव पाउँछ र ... ।’ भनी लेखेका छन् । (‘विषय विविध’भित्रको ‘पर्वतारोहण’ शीर्षकको लेखबाट) । 

Royal Enfield Island Ad

डाक्टर गुरुङले भनेभैmँ नेपालमा प्रत्येक वर्ष हजारौं विदेशी पर्वतारोहीहरु पर्वतारोहणका लागि आइरहेका छन् । हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न नेपाली पर्वतारोहीभन्दा कैयौं गुणा बढी विदेशी पर्वतारोही आउनेगरेका छन् । नेपाली पर्वतारोहीहरु ‘पेसेवर पर्वतारोही’ हुन अभैm धेरै समय लाग्ने देखिन्छ । अर्को भनेको स्वदेशी पर्वतारोहीभन्दा विदेशी पर्वतारोहीले नेपालका हिमाल चढ्न आउने क्रममा नेपाल सरकारलाई सलामी दस्तुर बढी तिर्ने गरेका छन् । खासगरी विश्वकै अग्लो हिम चुचुरो सगरमाथालगायत विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालमध्ये १० वटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीका लागि अहोभाग्य मान्न सकिन्छ । त्यतिमात्रै नभएर यी हिमालहरु प्रकृतिले सित्तैमा दिएको अमूल्य उपहार पनि हो ।
 
गुरुङका अनुसार सन् १९५९÷६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीलाई एक जना बराबर ६ हजार नेपाली रुपैँयामात्रै लाग्थ्यो । अहिलेको अवस्था बेग्लै छ । विदेशी पर्वतारोहीले अहिलेको अवथामा सगरमाथा चढ्नमात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर दस्तुर तिर्छन् । उनीहरुले गर्ने अन्य खर्च त कति हो कति ! 

हुनत, कोभिड–१९ को असर हालसम्म घटेको छैन तापनि गत वर्ष अर्थात् सन् २०२१ नेपालका हिमालले  खालि बस्नु परेन । गत वर्षको हिउँदे याममा मात्रै नेपालका ५३ वटा विभिन्न हिमाल आरोहणका लागि विदेशी पर्वतारोही आएका थिए । तीमध्ये २७ वटा हिमाल पर्वतारोहीहरुले सफलतापूर्वक आरोहण गरेका थिए । 

गत वर्ष हिउँद यामको पर्वतारोहणमा जाने आरोहीबाट सरकारले अनुमति दिएबापत ६ करोड ५३ लाख ८३ हजार रुपैँया दस्तुर उठाएको थियो भने गत वर्षको वसन्त ऋतुमा विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरुले तिरेको सलामी बापतमात्रै नेपाल सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । यस वर्षको वसन्त ऋतुमा पनि सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि आउने विदेशी पर्वतारोहीबाट नेपाल सरकारले मनग्य दस्तुर आमदानी गर्ने देखिन्छ । 

हालै पर्यटन विभागलाई उद्धृत गर्दै एउटा अनलाइनमा प्रकाशित समाचारअनुसार गएको २५ चैतसम्ममा विभिन्न देशका ५०५ जना पर्वतारोहीहरुले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमतिपत्र लिई सकेका छन् । केही समयसम्म यो क्रम जारी रहने हुनाले यो वर्ष पनि पर्वतारोहणबाट राम्रै आमदानी हुने आशा गर्न सकिन्छ । 
थप केही जानकारी चाहिएमाः ९८४९९८५९९७,  ९८६२४३६०४९
ninamkirat123@gmail.com

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro