site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

स्थानीय तहको निर्वाचन कार्यक्रमअनुसार आज उमेदवारहरूलाई निर्वाचन चिह्न वितरण हुनेछ । राजनीतिक दलका उमेदवारलगायत स्वतन्त्र उमेदवारहरूका लागि पनि निर्वाचन आयोगले चिह्न वितरण गर्नेछ ।
 
निर्वाचन चिह्न हात परेपछि उमेदवार र तिनका सहयोगीलाई चुनाव प्रचारमा निस्कन सहज हुन्छ । सम्भवतः अब स्वतन्त्र उमेदवारहरू पनि चुनाव प्रचारमा सक्रिय हुनेछन् ।
 
निर्वाचन कार्यक्रमलगायतका बन्दोबसत अपेक्षाकृत राजनीतिक दलका आधिकारिक उमेदवारको पक्षमा छ । संगठन र सुविधामात्र होइन निर्वाचनका व्यवस्थासमेत दलका उमेदवारहरूलाई सजिलो हुनेगरी तय भएको देखिन्छ ।
 
दलका उमेदवारहरूले उमेदवारी दर्ता गर्नेबित्तिकै देखि निर्वाचन चिह्नसमेत राखेर प्रचार सामग्री तयार गर्न पाउँछन् । तर, स्वतन्त्र उमेदवारले नाम दर्ता गराएकै करिब साता दिनपछि मात्र चुनाव चिह्न पाउँछन् ।   
 
त्यसमाथि ठूला दलसँग साधन स्रोतको पनि अभाव हुँदैन । संगठन र कार्यकर्ता सञ्जाल फराकिलो भएकाले जनतासम्म पुग्न पनि अपेक्षाकृत सहज हुन्छ । चन्दा दिनेहरूले पनि दलको शक्ति हेरेर भाग लगाउँछन् ।
 
यसैले चुनावी मैदान सबै उमेदवारका समान छैन । त्यसमाथि ठूला दलले कुनै न कुनै रूपमा गरेको राज्यको स्रोतको पनि प्रयोग गर्छन् । यसले पनि साना दल र स्वतन्त्र उमेदवारका लागि निर्वाचन अभियान अपेक्षाकृत कठिन हुन्छ ।
 
राज्यले निर्वाचन खर्च बेहोरे नै पनि यस्ता व्यावहारिक कठिनाइ र असमानता कायमै रहन्छन् । यसैले निर्वाचन आयोगले फजुलखर्च नियन्त्रण गर्नेदेखि शक्ति प्रदर्शन र प्रयोग निरुत्साहित गर्नेजस्ता उपाय अपनाई निर्वाचनलाई सकेसम्म स्वतन्त्र र निष्पक्ष बनाउने प्रयत्न गर्नुपर्छ ।
 
उमेदवार स्वयंले पनि निर्वाचनलाई स्वच्छ बनाउन अनावश्यक तडकभडक देखाउनबाट जोगिन सक्नुपर्छ । निर्वाचन खर्चकै कारण भ्रष्टाचार बढेको जनगुनासो सम्बोधन गर्न पनि तडकभडक कम गर्नु आवश्यक देखिन्छ ।  
 
यसैगरी ठूला र सत्तारूढ दलका उमेदवारका पक्षमा निर्वाचन वातावरण बनेको देखाउने प्रयासमा विभिन्न अवाञ्छित क्रियाकलाप हुने गर्छन् । विशेषगरी दलहरूसँग विद्रोह गरेर स्वतन्त्र उमेदवारी दिनेहरूमाथि विभिन्न प्रभावले दबाब दिने गरिएका उदाहरण छन् ।
 
निर्वाचन आयोगले यस्ता घटना र सम्भावनामा चनाखो भएर निगरानी गर्नुपर्छ । लोकतन्त्रको सुदृढीकरणका लागि आवधिक निर्वाचन हुनुमात्र पर्याप्त हुँदैन । निर्वाचन स्वच्छ र निष्पक्ष पनि हुनुपर्छ । चुनावप्रति जनताको आस्था गुम्न नदिन निर्वाचन आयोग सजग होस् ।       
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  १४:३५
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro