रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकाे युक्रेन विरुद्धको युद्ध यति स्पष्ट विध्वंशक किन भने उनी रसियन र युक्रेनियनहरू एकै हुन् भन्ने विश्वास गर्छन् । उनकाे आक्रमण गर्ने निर्णयका बारेमा बुझ्नका लागि उनी स्वयंले के भन्छन् भन्ने सुन्नुपर्छ । त्यसमा पनि उनले आक्रमणकाे औचित्य सिद्ध गर्न कस्तो विसङ्गत तर्क दिन्छन् त्यसलाई ध्यानपूर्वक सुन्नुपर्छ ।
उनका दुईवटा तर्क विशेषगरी अचम्मका छन् । पहिलो - युक्रेन ‘रुस विरोधी’ छ भन्ने तर्क आफैँमा अनौठो छ । दोस्रो - ‘रसियन र युक्रेनियनहरू एकै हुन्’ यो त उनैको पहिलो तर्कसँग मेल खाँदैन र त्यसमाथि युक्रेनियनहरूसँग रसियनहरूले गरेको ज्यानमारा व्यवहार हेर्दा पनि मान्न सकिँदैन ।
परन्तु, राजनीतिमा प्रायः यस्तै विसङ्गति उजागर हुनेगर्छ । यी दुवै कथनकाे जरा इतिहासमा गाडिएको छ र एउटा मनोवैज्ञानिक तर्कले जोड्ने र व्याख्या गर्ने गर्छ । इतिहासले मस्कोवीकाे राजौटाकाे उदय र त्यसपछि मध्यकालीन रुसका रजौटाहरूमा आधिपत्यलाई महत्त्व दिएको देखिन्छ ।
मस्कोवीले सुरुमा मङ्गोल खानकाे कर सङ्कलकका रूपमा आफ्नो शक्ति जमायो । मङ्गोल मालिकबाट निरङ्कुश क्रूरता सिकेपछि मङ्गोलहरूकै सहायतामा शक्ति र क्षेत्र विस्तार गरेका मस्कोवी रजौटाहरू मङ्गोलहरूकै विरुद्ध जाइलागे र उनीहरूलाई लखेटे । त्यसपछि मस्कोवीका प्रमुख राजाैटाकाे नेतृत्वमा रुसकाे भौगोलिक एकीकरण गरे । तिनैका उत्तराधिकारी सम्पूर्ण रूसका जार भए ।
मस्कोवी शक्तिमा पुगेका बेला रुसमा सरकारकाे अधिनायकवादी स्वरूपमात्र प्रचलित थिएन । मुलुककाे उत्तरपूर्वमा नोवगोरोड गणतन्त्र मध्ययुगीन रुसियन संविधानवादकाे विख्यात उदाहरण हो । ग्य्रान्ड डची अफ लिथुवानियामा यसकाे नामकाे विपरीत आजकाे बेलारुस र युक्रेन पनि समावेश थियो । मध्यकालीन युराेपका मापदण्डमा त्यहाँ विकसित प्रतिनिधिमूलक संस्था थिए । लिथुवानियन सेइमा र प्रान्तीय संसद्हरू सोह्रौ शताब्दीका आइबेरियन बिट्रिस संसद्भन्दा बढी शक्तिशाली थिए । लिथुवानिया मूलतः स्लाविक राज्य थियो । यसको राजकीय भाषा लिथुवानियन नभए। पुरानो बेलारसियन थियो । यसका शासकहरू अर्थोडक्स र जातीयरूपमा रुस थिए ।
साथसाथै त्यहाँ निप्रो कजाककाे राजनीतिक परम्परा थियो । सुरुमा दासताबाट भागेका किसानहरू पोलिस लिगुवानियान सीमामा पर्ने यु क्रैना क्षेत्रमा बसे । कजाकहरू आफूलाई भारदार ठान्थे र क्रिमियन जार, अट्टोमन तुर्क, मस्काेवाइट र पाेलहरूसँग सेनाकाे बलमा स्वतन्त्रता हासिल गरेकाे मान्थे । उनीहरूले आफ्ना हेटमन अर्थात् राज्य प्रमुख र भारदारी सभा चुन्थे । यि संस्थाहरू क्याथरिन महानले १७६४ मा दमन नगर्दासम्म करिब २०० वर्ष चले ।
इभान द टेरिवलको रक्तपातपूर्ण विध्वंश तथा पोल्यान्डको विभाजन सबैलाई थाहा पाएका छन् । सन् १७७५ काे २० हजार जना मारिएकाे कजाक सिक अर्थात् राज्यको विनाशका सम्बन्धमा कमै चर्चा हुन्छ । यिनै सबै घटनाले रुसको भूमिमा कथित रस्की मिरमा तानाशाही स्थापना गर्न योगदान गरेका छन् ।
आजकाे युक्रेन द्वन्द्वलाई बुझ्न यिनै रक्तसञ्जित सङ्घर्षबाट प्रादुर्भाव भएकाे रसियन जारिस्ट तानाशाहीको औचित्य सिद्ध गर्ने प्रयासलाई केन्द्रमा राखेर हेर्नुपर्छ । हुकुमी शक्ति मस्कोवीका भारदारहरूका लागि त्यति नै आकर्षक थियो जति लिथुवानियन भारदार नोवगोरोडका बासिन्दा कजक अंग्रेज ब्यारोन वा अमेरिकन उपनिवेशवादीलाई थियो ।
जारवादी भाष्यले दुई मुख्य विषयलाई गुजुल्ट्याएकाे छ : जार ‘सबै रैतीकाे साना बाबु हुन्’ दासतामा परेका किसानलाई उनीहरूका सामन्त मालिकहरूबाट रक्षा गर्छन् र रसियन जनता संवैधानिक स्वतन्त्रताका लागि योग्य छैनन् । संवैधानिक शासनले केही स्वार्थी भारदारहरूको मात्र हित हुन्छ जस्ले तिनकाे स्वतन्त्रता किसानहरूकाे थप शोषणका लागि प्रयाेग गर्नेछन् । यसका साथै रसियनहरू पश्चिमाजस्ता नभएकाले आफैँ शासन गर्न अक्षम छन् र उनीहरूका दह्रो सहाराकाे आवश्यक हुन्छ, गुटहरूकाे झगडाबाट राज्य कमजोर बनाउनेछ र विदेशबाट खतरा हुनेछ तथा विखण्डन पनि हुनसक्छ ।
हामी अब पुटिनले किन युक्रेनलाई रुस विराेधी भने भन्ने बुझ्नसक्छौँ । रसियन राज्य तानाशाही नै हुनुपर्ने हाे र युक्रेनियन र रसियनहरू एकै हुन् भने युक्रेनियनहरूले त आफ्नाे शासन आफैँ गरेर मस्कोवी रुसकाे आधारभूत मान्यतालाई नै ऐतिहासिक भूल साबित गरिदिए ।
अरू युरोपियनहरूजस्तै रसियनहरूले पनि व्यक्तिगत स्वतन्त्रता र प्रभावशाली राज्य दुवै हासिल गर्न सक्छन् । र प्रभावशाली रसियन राज्य सैनिक शक्तिका दृष्टिले पनि शक्तिशाली हुने हुनाले भूराजनीतिक प्रभाव सुनिश्चित गर्नका लागि तानाशाही आवश्यक हुनेछैन । यसैले एकजना रसियन टिप्पणीकारले टेलिभिजनमा ‘युक्रेनियन भन्रने विचार नै पूर्णरूपमा मेटाउनुपर्छ ’ भनेकाे हुनसक्छ ।
पुटिन र उनका आसेपासे ठालुहरूका लागि युक्रेनसँगकाे युद्ध गृहयुद्ध हाे र उनीहरूले अर्थ्याउने गरेकाे रुसी विचारधाराकाे रक्षाका लागि भएको संघर्ष हो । गृहयुद्धमा विरोधीमाथि नृशंस क्रूरता अपनाइन्छ जुन अहिले युक्रेनियन जनतामाथि लगातार भइरहेकाे छ ।
तानाशाही असल र स्वतन्त्रता खराब भन्ने उल्टो विचार ग्रहण गर्ने ती रसियनहरूले दूरगामी मानसिक दबाब पनि स्वीकार गर्छन् । उनीहरूले बलियाे राष्ट्रकाे रैती हुन व्यक्तिगत स्वतन्त्रता त्याग गर्छन् । धेरै जना रसियनहरू विदेशीसँग भन्छन् ‘मलाई मेराे राज्यसँग डर लाग्छ तर जे भए पनि मुलुक त आफ्नै हाे । तिमी पनि मेरो राज्यसँग डराउँछौ तर तिम्रो मुलुक त होइन नि’ । विदेशीहरू डराउन छाडे भने के हाेला नि ?
यसैले युक्रेनले हरायाे भने रुसका लागि याे युगान्तकारी घटना हुनेछ । शीतयुद्धमा पश्चिमकाे विजयले समेत रुसकाे अधिनायकवादी सिद्धान्त मेटाउन सकेन । पश्चिमी लाेकतन्त्रले आफूलाई साेभियत तानाशाहीभन्दा शक्तिशाली साबित गर्नुकाे अर्थ लोकतान्त्रिक रुस कम शक्तिशाली हुने र शासन चलाउनै नसक्ने हुन्छ भन्ने त होइन । परन्तु, य्रक्रेनकाे हातबाट पराजय हुनु भने नितान्त फरक विषय हुनेछ ।
(पोल्यान्डका पूर्वउपप्रधान तथा अर्थमन्त्री )
Copyright: Project Syndicate, 2022.