site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

स्थानीय तहको चुनावले राजनीतिक तापक्रम नेता कार्यकर्ताकाे धपेडी बढाएको छ । चुनावै गर्मी याममा परेकाले धर्तीको तापक्रम त यसै बढ्ने नै भयो । चुनावी धपेडी मौसमी गर्मी दुवै सँगै बढ्दा जनजीवन जोखिममा पर्न सक्छ ।  

त्यसमाथि संसारभर बढ्दै गएको तापक्रमको प्रभावबाट नेपाल पनि जोगिन सकेको छैन । विश्व तापमान बढाउने कुकाममा नेपालको हात पटक्कै नभए पनि छिमेकमै संसारकै ठूला प्रदूषकहरू छन् । छिमेकको पापको फल नभोगी सुखै छैन ।

KFC Island Ad
NIC Asia

यसैले जल तथा मौसम विज्ञान विभाग र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीको असरबाट जोगिनका लागि सावधानी अपनाउन जनतालाई आग्रह गरेको हुनुपर्छ । चुरे र तराई भेगमा गर्मी निकै बढ्न सक्ने हुनाले ‘लु’ लाग्न सक्छ । 

चर्को गर्मी मानव स्वास्थ्यका हानिकारक हुन्छ । विशेषगरी गर्मी बढ्दा शरीरमा पानीको मात्रा कम भएमा ज्यानै जान सक्छ । पश्चिम तराईका विभिन्न जिल्लामा यस याममा अपेक्षाकृत गर्मीको प्रकोप बढ्ने गर्छ । 

Royal Enfield Island Ad

अरू प्रकोपहरूले जस्तै गर्मीको असर पनि अपेक्षाकृत कमजोर समूहमा बढी पर्छ । विशेषगरी बालबालिका र बूढापाकालाई गर्मीले पनि छिटै असर गर्छ । कुपोषित र रोगीहरूलाई गर्मीको प्रकोप सहन झन् कठिन हुन्छ ।

गर्मीमा तातो हावाका कारण वा धपेडी हुँदा पसिना धेरै निस्केर शरीरमा पानीको कमी हुने हुँदा बिरामी परिने हो । त्यसैले सकेसम्म शरीरमा पानी कम हुन नदिन पहिले नै सावधान हुनु बुद्धिमानी हुन्छ ।

गर्मीले असर गरेमा सकेसम्म चाँडै बिरामीको शरीरमा पानी पुग्ने उपाय गर्न विज्ञहरूले सल्लाह दिन्छन् । त्यसका लागि गर्मीले कुनै व्यक्ति बेहोस भएमा पानी छम्कने, शीतल ठाउँमा राख्ने अनि नुन चिनी पानी खुवाउने गर्नुपर्छ । बिरामी तत्कालै सहज अवस्थामा नपर्के सकेसम्म चाँडै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ । 

हेलचेक्य्राइँ गर्दा ज्यानै जानसक्ने हुनाले सबै सजग रहनु जरुरी छ । बेलैमा पानी नपाएकै कारण कुनै अप्रिय घटना हुन नदिन राजनीतिक दलहरूले सभा जुलुस गर्दा पानीको समुचित प्रबन्ध गर्न प्रथमिकता दिऊन् ।   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १२:०८
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro