वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणविरुद्ध लड्न युक्रेनलाई थप ८० करोड डलर बराबरको सैनिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । साथै उनले अमेरिकाले युक्रेनलाई निरन्तर समर्थन गर्ने हो भने कंग्रेसले अझै बढी सहयोग रकमलाई अनुमोदन गर्नुपर्ने बताएका छन् ।
नयाँ सैनिक प्याकेजमा पूर्वी युक्रेनको दोन्बास क्षेत्रमा चर्किरहेको युद्धका लागि आवश्यक गह्रुँगा हतियार, एक लाख ४४ थान गोली गठ्ठा र ड्रोन विमानहरू रहेका छन् । यो सैनिक सहयोग यसअघि नै बाइडेनले अनुमोदन गरेको २ अर्ब ६० करोड डलर बराबरको सैनिक सहयोगसँग सम्बन्धित छ ।
बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमका एकता टुट्ने भनी गरेको ठोकुवा फेरि गलत सावित हुन लागेको पनि बताएका छन् ।
एपीबाट ।