site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णालीमा किचलो : प्रदेशका शीर्ष नेताका गृहजिल्लामै मिलेन भागबण्डा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय निर्वाचन नजिकिँदै गर्दा कर्णाली प्रदेशमा गठबन्धनको भागबण्डा नमिलेपछि विवाद चर्किँदै आएको छ । 

आफ्नो जिल्लाको विवाद मिलाउने मुख्य भूमिकामा रहेका सत्तारुढ दलका शीर्ष नेताहरुले आवश्यक निर्णय लिन नसक्दा गठबन्धनमा समस्या देखिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृहजिल्ला हुम्लामा एक्ला–एक्लै प्रतिस्प्रधा गर्ने निर्णय गरिसकेका छन् । त्यस्तै सल्यान, मुगु र डोल्पामा पनि  एक्ला–एक्लै चुनाव लड्ने निर्णय गरिसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

माओवादी केन्द्र तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटमा पनि माओवादीले जितेको पालिका छोड्न नमान्दा तालमेलबारे कुनै भागबण्डा हुन सकेको छैन । 

त्यस्तै नेकपा एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृहजिल्ला सल्यानमा गठबन्धन टुटिसकेको छ । तालमेल नगरेर स्वच्छ प्रतिष्पर्धा गर्ने तयारीमा नेता कार्यकर्ताहरु जुटिसकेका छन् । 

Global Ime bank

सबैलाई मिलाएर गठबन्धन गर्ने पक्षमा आफू रहेको ज्वालाको दाबी छ ।   त्यस्तै माओवादीको इलाका रुकुमपश्चिममा पनि माओवादीले आफ्नो अडान छोडेको छैन । 

कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीले आफ्नो गृहजिल्ला जुम्लामा पनि सहमति जुटाउन सकेका छैनन् । शाही कार्यकर्ताको भावना विपरीत गएर गठबन्धन गर्न नहुने पक्षमा छन् । 

कर्णाली प्रदेशका शीर्ष नेताहरु नै अरु दललाई आफ्नो दलले जितेको पालिका दिँदा आफूहरुलाई घाटा हुने लाइनमा देखिएका छन् । 

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटका पालिकामा सबैलाई मिलाएर लैजाने पक्षमा रहेको दाबी गरेका छन् । 

उनी भन्छन्, ‘‘गठबन्धनका शीर्ष नेताहरुले छलफल गरिरहेकै छौँ । सबैलाई खुसी पारेर गठबन्धन गरेर जाने हो । कालिकोटमा समस्या छैन । यसलाई नमिलेको भन्न सकिँदैन । यस्तो विवाद त अन्तिम उमेदवारी दिने बेलासम्म भइरहन्छ । आज साँझसम्म केही न केही निष्कर्षमा पुग्छौँ ।”

यस्तै एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वाला पनि आफूहरु गठबन्धनकै पक्षमा रहेको दाबी गर्छन् । यद्यपी सल्यानमा यसअघि नै गठबन्धन टुटिसकेको छ । 

ज्वाला भन्छन्, ‘‘गठबन्धनका सबै दललाई समेटेरै लैजानुपर्छ भन्ने हाम्रो पक्ष छ । गठबन्धन बलियो बनाएर जानुपर्छ भन्ने नै हो । माओवादीसँग गर्ने कांग्रेससँग नगर्ने भन्ने होइन । सबै दलबीच गठबन्धन गर्ने भन्ने हो । अहिले पुनः प्रदेशमा बैठक बस्दैछ ।” 

एमाले पार्टी विभाजित हुँदा प्रकाश ज्वालालगायतका नेताहरु समाजवादीमा आवद्ध भएका छन् । कर्णाली प्रदेशको हकमा तीन दलीय र पाँच दलीय गठबन्धन गर्नेबारे गृहकार्यमा नेताहरु जुटेका छन् । 

मुख्यमन्त्री शाहीको गृहजिल्ला हुम्लामा दलहरुले गठबन्धन नगरेर एक्ला–एक्लै लड्ने निर्णय गरिसकेका छन् । माओवादी केन्द्र हुम्लाका युवा नेता छवि थापा अब गठबन्धन हुने सम्भावना न्यून रहेको बताए । 

माओवादी र कांग्रेसले समाजवादीलाई चेपुवामा पार्दा तालमेल हुन नसकेको नेताहरुले बताएका छन् । 

तालमेल गर्नेबारे अहिले पनि जिल्लामा संघर्ष भइरहेको छ । जिल्लाको किचलो मिलाउन मुख्यमन्त्री शाहीले चासो नदेखाएको हुम्लाका एक नेताले बताए । 

प्रदेश स्तरीय पाँचदलीय गठबन्धन संयन्त्रको बैठकले १० वटै जिल्लालाई वैशाख २ गतेभित्र सिट बाँडफाँड टुंगो लगाएर पठाउन निर्देशन दिएको थियो । तोकिएको समयमा टुंगो लगाउन नसक्दा एक दिन थप गरेको थियो । 

सोही समयावधि पनि चुकिसकेको छ अझै बाँडफाँडको टुंगो नलाग्दा विवाद चर्किँदै गएको छ । 

कर्णाली प्रदेशका १० जिल्लाका कुल ७९ स्थानीय तह रहेका छन् । यसअघि २०७४ सालमा कर्णाली प्रदेशका १० जिल्लामा सम्पन्न चुनावको अंकगणित यहाँ प्रस्तुत गरिएको छ । 

सल्यानका १० स्थानीय तह 

२०७४ को निर्वाचनलाई फर्केर हेर्दा सल्यानमा माओवादी र कांग्रेस भन्दा एमाले बलियो देखिएको थियो । सल्यानमा एमालेले चार पालिका प्रमुख र तीन उपप्रमुख पद जितेको थियो ।  कांग्रेसले दुई पालिका प्रमुख र तीन उपप्रमुख पद र माओवादीले दुई पालिका प्रमुख र तीन उपप्रमुख पद जितेको थियो । 

त्यस्तै जिल्लाको त्रिवेणी गाउँपालिकामा स्वतन्त्रले जितेको थियो । जिल्लामा अरु दलभन्दा बलियो देखिएको एमाले अहिले विभाजित भएर दुई टुक्रा भएको छ । 

कालिकोटका नौ स्थानीय तह 

कालिकोटमा तीन नगरपालिका र ६ गाउँपालिका गरी नौ स्थानीय तह रहेका छन् । पूर्वमुख्यमन्त्री शाहीको गृहजिल्लामा सबैभन्दा बलियो माओवादी त्यसपछि एमाले र कांग्रेस थिए । 

माओवादीले पाँच पालिका प्रमुख र सात उपप्रमुख पद जित्दा एमालेले दुई पालिका प्रमुख र दुई उपप्रमुख र कांग्रेसले एक पालिका प्रमुख जितेको थियो । 

हुम्लाका सात पालिका 

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृहजिल्लामा सात स्थानीय तह रहेका छन् । तीमध्ये कांग्रेसले तीन पालिका प्रमुख, एमालेले एक पालिका प्रमुख र तीन उपप्रमुख, माओवादीले चार पालिका अध्यक्ष र एक उपाध्यक्ष र स्वतन्त्रले दुई उपाध्यक्ष पद जितेको थियो । 

हुम्लामा गठबन्धन टुटिसकेको छ । 

डोल्पाका आठ स्थानीय तह 

एमालेले डोल्पाका ८ स्थानीय तहमध्ये चार गाउँपालिका प्रमुख र तीन उपप्रमुख जितेको थियो ।  राप्रपाले दुई पालिका उपाध्यक्ष, मालेले दुई पालिकाका प्रमुख, स्वतन्त्रले दुई उपप्रमुख पद जितेको थियो ।

रुकुमपश्चिमका ६ स्थानीय तह  

स्थानीय निर्वाचन २०७४ को मत परिणामलाई हेर्दा रुकुमपश्चिम जिल्लाकै ६ वटा स्थानीय तहमा माओवादीले सफलता हात पारेको थियो । 

निर्वाचनमा दोस्रो हैसियतका रुपमा कांग्रेस र तेस्रो हैसियतमा एमाले थियो । 

सुर्खेतका ९ स्थानीय तह 

जिल्लाका ४ नगरपालिकासहित २ गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसले विजयी प्राप्त गरेको थियो भने ३ नगरपालिका उपप्रमुख र २ गाउँपालिकाको उपाध्यक्ष पद कांग्रेसले जितेको थियो ।    

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लेकबेसी नगरपालिका र सिम्ता नगरपालिकासहित चौकुने गाउँपालिकाको प्रमुख पदमा सीमित बनेको थियो । 

गएको स्थानीय निर्वाचनमा माओवादी केन्द्र सुर्खेतमा निकै कमजोर देखिएको थियो । कुनै पनि गाउँपालिका र नगरप्रमुख उपप्रमुख दुबै पदमा जित्न सकेको थिएन । 

दैलेखका ११ स्थानीय तह 

स्थानीय निवार्चन ०७४ लाई फर्केर हेर्दा एमालेले दैलेखमा कांग्रेस र माओवादी भन्दा बलियो देखिएको थियो । 

जिल्लाका कुल ११ वटा स्थानीय तहमध्ये तीन नगरपालिका र चार गाउँपालिका प्रमुखको नेतृत्व लिएर बलियो देखिएको थियो ।

यस्तै सात स्थानीय तहको उपप्रमुख पद जितेको थियो । 

जिल्लाका स्थानीय तह चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका, दुल्लु नगरपालिका, नारायण नगरपालिका, भगवतीमाइ गाउँपालिका, भैरवी गाउँपालिका र महाबु गाउँपालिका उपप्रमुखमा एमालेले जित हासिल गरेको थियो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीन स्थानीय तह प्रमुख र चार उपप्रमुख पदमा जित हासिल गरेर दोस्रो हैसियत बनाएको थियो । 

जिल्लामा तेस्रो हैसियत बनाएको माओवादीले केही वडाध्यक्ष बाहेक प्रमुख र उपप्रमुख पद जित्न सकेन । 

जाजरकोटका सात स्थानीय तह 

जिल्लाभर तीन नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तह रहेका छन् । 

०७४ को स्थानीय निर्वाचनमा एमालेले दुई नगरपालिकासहित एक गाउँपालिका, माओवादीले एक नगरपालिकासहित एक गाउँपालिका र कांग्रेसले दुई गाउँपालिकामा जित हात पारेको थियो । 

गएको चुनावलाई फर्केर हेर्दा एमाले केही बलियो देखिएको थियो । यद्यपी प्रमुख तीन दलबीच प्रतिष्पर्धा भएको थियो । 

तर अहिले अवस्था फेरिएको छ । सत्ता गठबन्धनको तालमेलले एमालेलाई नोक्सान हुने देखिएको छ ।

जुम्लाका आठ पालिका  

जुम्लाका आठ पालिकामध्ये चार पालिका अध्यक्ष र दुई पालिका उपाध्यक्षमा कांग्रेस जितेको थियो । त्यस्तै माओवादीले दुई पालिका अध्यक्ष र चार उपाध्यक्ष माओवादी र दुई अध्यक्ष  र एक उपाध्यक्ष पद जितेको थियो । 

मुगुका चार पालिका 

मुगु जिल्लाका चार स्थानीय तहमध्ये तीन पालिका प्रमुख कांग्रेसले जितेको थियो । त्यस्तै एक पालिका प्रमुख र चार उपप्रमुख एमालेले जितेको थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement