site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

स्वच्छ निर्वाचनको पूर्वसर्त सहज मतदान पनि हो । मतदान स्थलसम्म निर्बाध पहुँच नभए मतदाताले कि त अरूको सहारा लिनुपर्छ नभए मतदानबाटै वञ्चित हुनुपर्छ । दुवै अवस्थामा निर्वाचन स्वच्छ हुँदैन ।
 
मतदान केन्द्रसम्म आइपुग्नै अपाङ्गता भएका व्यक्तिहरूका  व्यक्तिका फागि सहज  हुँदैन । यसैबाट अरू सामाजिक राजनीतिक क्रियाकलापमा जस्तै निर्वाचनमा सहभागी हुनपाउने उनीहरूको अधिकार पनि कुण्ठित हुनेगरेको छ ।
 
कतिपय मतदाताले मतदानमा स्वेच्छाले नै भाग लिँदैनन् । अपाङ्गता हुनेहरूमध्ये अधिकांश मतदाता भने मूलतः भौतिक अवरोधका कारण मतदानको अधिकारबाट वञ्चित हुन्छन् । यसैले,  अपाङ्गता भएका  व्यक्तिको मतदान  अधिकार सुनिश्चित गर्न मतदान स्थल भौतिक अवरोधमुक्त हुनुपर्छ । 
 
मतदान केन्द्रको छनोटदेखि मतपेटिका राखिने स्थानसम्म अपाङ्गता भएकाहरूको सहज पहुँच कायम गराउन प्राथमिकता दिइएमा सबै मतदाताका लागि सुविधा हुन्छ । अपाङ्गता भएकासँगै ज्येष्ठ नागरिक, गर्भवतीलगायतका मतदातालाई पनि सजिलो हुन्छ । 
 
ह्विल चेयर लिएरै पुग्न सकिने र मतपत्र लिनेदेखि छाप लगाउने ठाउँ सबैतिर सकेसम्म अरूको सहयोग लिन नपरे मतदाताको मनोबल उच्च हुन्छ । उच्च मनोबल भएका मतदाताको छनोट स्वतन्त्र र स्वच्छ हुनसक्छ । 

यसैले निर्वाचन आयोगले निर्वाचनका सबै प्रक्रियालाई अपाङ्तामैत्री बनाउन ध्यान दिनु जरुरी छ । कुनै पनि मतदातालाई मतदानमा भाग लिन अप्ठेरो परुन्जेल निर्वाचन पूर्ण स्वच्छ र स्वतन्त्र हुन सक्तैन । मतदानमा अवरोध खडा गर्नु अपाङ्गता भएका मतदाताको अधिकार खोस्नु हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १०:५४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro