site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

नेपालमा ठूला आयोजना समयमा सम्पन्न भएका उदाहरण बिरलै भेटिन्छन् । आयोजनाहरूको निर्माणमा प्रतिकूल प्रभाव पार्ने प्रमुख कारणमध्ये स्थानीय जनतासँगको विवाद पनि एउटा हुने गरेको छ । 

यस्तै विवादले नागढुंगा - सिस्नेखोला सुरुङ निर्माण आयोजनाको काम केही दिनदेखि रोकिएको छ । सुरुङ निर्माणले पानीको मुहान सुकाएको भन्दै चन्द्रगिरि -२ का  बासिन्दाले विरोध गरेपछि आयोजना निर्माण रोकिएको हो ।

KFC Island Ad
NIC Asia

स्थानीय बासिन्दाका मागहरू आयोजनाको क्षमता र अधिकार क्षेत्र बाहिरको भएकाले पूरा गर्न सरकारले ध्यान दिनुपर्ने आयोजनाका सम्बन्धित अधिकारीले जनाएका छन् ।  साथै स्थानीयले आयोजना कार्यालयमा तोडफोड गरेको आरोप पनि लगाइएको छ ।

स्थानीय बासिन्दाले भने आफ्ना समस्या राख्न गएकाहरूमाथि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको बताएका छन् । जेहोस्, सुरुङको काम रोकिएको छ र त्यसको मुख्य कारण आयोजना र स्थानीयबीचमा संवादको अभाव हो । 
 
आयोजना निर्माण गर्दा स्थानीय बासिन्दालाई सरोकारवाला नै नठान्ने राणाकालीन मानसिकता सरकारी कर्मचारीमा अझै पनि छ । उता स्थानीय बासिन्दामा पनि आयोजनाहरूलाई ‘दुहुनो गाई’ ठान्नेहरूको सङ्ख्या कम छैन ।
 
यसैले यस्ता समस्या उत्पन्न भइरहन्छन् । सरकारसँग राख्नुपर्ने मागका लागि आयोजनाको कार्यालय घेर्ने र तोडफोड गर्ने कार्यमा मध्यस्थ बन्नुपर्ने जनप्रतिनिधि नै अगाडि सर्नु उचित होइन । यसैगरी आयोजनाले पनि यस्ता सानातिना विवादका कारण काम रोक्नु हुने थिएन ।

Royal Enfield Island Ad

परन्तु, यस प्रकरणमा सबैभन्दा बढी दोष भने यस्ता समस्याप्रति संवेदनशील नहुने सरकारी रवैयाको देखिन्छ । प्रहरी हस्तक्षेपभन्दा पहिले स्थानीय प्रशासनले आयोजना र स्थानीयका बीचमा मध्यस्थता गर्नुपर्थ्यो ।
 
सुरुङ निर्माणजस्तो आधुनिक प्रविधि र उपकरण प्रयोग गरिने आयोजनाको काममा अवरोध हुँदा राष्ट्रलाई प्रत्यक्ष परोक्षरूपमा धेरै हानि हुन्छ । यसैले सम्बन्धित सरकारी कर्मचारी यस्ता विषयमा गम्भीर र संवेदनशील बन्नु आवश्यक छ ।
 
स्थानीय बासिन्दासँग तत्काल संवाद गरेर यथाशीघ्र निर्माण कार्य पुनः सञ्चालन गराउन सम्बन्धित मन्त्रीले विशेष ध्यान दिऊन् । स्थानीय जनप्रतिनिधिले पनि भोटको राजनीति गरेर जनतालाई उक्साउने काम नगरून् । नत्र, आयोजनाले मात्र होइन मुलुकले नै यसको महँगो मूल्य चुकाउनु पर्नेछ ।    
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  १३:२६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro