site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

स्थानीय तह निर्वाचन, २०७९ का लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेकोलगत्तै त्यसको उल्लङ्घन पनि आरम्भ भइसकेको छ । सत्ता र विपक्षका शीर्ष नेताहरू नै आचारसंहिता उल्लङघन गर्नेमा पनि अगाडि देखिएका छन् ।
 
प्रमुख विपक्षी नेता नेकपा ९एमाले० का अध्यक्ष खड्गप्रसाद ओलीले हेलिकप्टरमा गएर पवत र बागलुङ्का चुनावी सभालाई सम्बोधन गरी आचारसंहिता उल्लङ्घन गर्न सुरु गरेका छन् । आचारसंहिताको उपहास गर्ने क्रममा उनलाई नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० लगायतका दलका नेताले साथ दिएका छन् ।
 
आचारसंहिता पालन गराउने मूल दायित्व भएको निर्वाचन आयोगले केही घटनामा सम्बन्धित व्यक्तिहरूसँग स्पष्टीकरण माग्न लागेको छ । यो सकारात्मक अग्रसरता हो । तर, विगतका घटनामा स्पष्टीकरण सोधेर अलमलिनुभन्दा अहिले आचारसंहिता पालना गराउन बढी ध्यान दिनु लाभदायी हुनेछ । 
 
निर्वाचन स्वच्छ र स्वतन्त्र नभए त्यसले जनमतको सही प्रतिनिधित्व गर्न सक्तैन । यसैले पनि आचारसंहिता पालना गराउन आयोगले अग्रसरता देखाउनु अपरिहार्य छ । साथै, भ्रष्टाचारको प्रमुख कारणमध्येको निर्वाचनमा दल र उमेदवारले गर्ने खर्चलाई वैध सीमाभित्र राख्ने प्रभावकारी उपाय पनि आचारसंहिताको पालना गराउनु नै हो । 
 
लोकतन्त्र चरितार्थ गराउन निर्वाचन आचारसंहितालाई अब नैतिक बन्धनमा सीमित राख्नुभन्दा बाध्यात्मक कानुनी व्यवस्था बनाउनेतर्फ पनि ध्यान जानुपर्छ । हाम्रोजस्तै आचारसंहिता कागजमा सीमित रहेको समयमा भारतमा एक जना प्रमुख निर्वाचन आयुक्तले दृढता देखाएर ठूलो परिवर्तन गरेको दृष्टान्त स्मरणीय छ ।
 
निर्वाचन नजिकिँदै जाँदा आचार संहिता उल्लङ्घनका घटना पनि बढ्न थाल्छन् । निर्वाचन आयोगका साथै जनसाधारण पनि सजग नहुने हो भने आचारसंहिता अन्ततः उपहासको विषय बन्न पुग्छ । यसैले निर्वाचन आयोगका पदाधिकारीले इतिहासमा सम्झिइने गरी निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउन योगदान गर्ने आँट गरून् ।
 
आचारसंहिता उल्लङ्घनका घटनामा कुनै पनि व्यक्तिले उजुरी गर्न सक्छ । त्यस्ता घटनामा उजुरी गर्नु नागरिकको कर्तव्य पनि हो । साथै, निर्वाचन आयोगले आफ्नै अग्रसरतामा पनि उल्लङघनका घटनामा जानकारी लिने र कारबाही गर्ने संयन्त्र र प्रक्रिया प्रभावकारी बनाउनु पर्ने देखिन्छ ।
 
एउटा निर्वाचनमा आचारसंहिता पालना गराउन निर्वाचन आयोगले अपेक्षित सक्रियता  देखायो भने त्यसबाट पछिल्ला निर्वाचनमा सबै सजग हुनेछन् । यसैले निर्वाचन कार्यक्रममा सरकारी सवारी साधनको दुरुपयोगदेखि हेलिकप्टर प्रयोगका सञ्चार माध्यममा सार्वजनिक घटनामा निर्वाचन आयोगले कारबाही सुरु गरोस् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १३:५७
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro