काठमाडौँ । इनोभेटिभ नेसन प्रा.लि.ले नेपालभर व्यावसायिक म्युजिक भिडियो उत्पाद सेवाहरू (प्रोफेसनल म्युजिक भिडियो प्रोडक्सन सर्भिसेज) मा प्रवेश गरेको छ ।
नेपालका लोकप्रिय इभेन्टहरूको पर्यायवाची इनोभेटिभ नेसन प्रा.लि.ले अन्ततः व्यावसायिक संगीत र म्युजिक भिडियो उत्पादनको सेवामा प्रवेश गरेको हो । एक दशकभन्दा बढी समयदेखि इभेन्ट इन्डस्ट्रीको मुख्य हिस्सा रहेको इनोभेटिभ नेसन प्रा.लि.ले अन्ततः प्रोफेसनल म्युजिक भिडियो इन्डस्ट्रीमा छलांग मारेको हो ।
उनीहरूले केही प्रमुख विश्वव्यापी ‘म्युजिक लेबलहरू’सँग हात मिलाएका छन् र नेपाल र नेपालको संगीत संस्कृतिलाई विश्वमा देखाउने÷प्रस्तुत गर्ने योजना बनाएका छन् ।
उनीहरू चाँडै नै भारतका डीजे हर्षित शाहसँग आफ्नो पहिलो म्युजिक भिडियो रेकर्ड गर्ने योजनामा छन् । जसको विश्वव्यापी रूपमा केही प्रमुख रिलिजहरू छन् ।
डाइरेक्सन अपरेसन (निर्देशन सञ्चालन) र कम्पनीका संस्थापकको रूपमा यशवन्त अग्रवालले भने, “नेपालको नाइटलाइफ र काठमाडौँ सहरको सौन्दर्यलाई समेटेर यो म्युजिक भिडियो सुट हुनेछ ।”
“उपलब्ध बेस्ट क्यामेराहरूको प्रयोग गर्दै व्यावसायिक सिनेमाटोग्राफरले खिचेको आर्ट भिडियो देखाउन चाहन्छौँ,” उनले थपे ।
यसले पक्कै पनि नेपाली कलाकारहरूका लागि नयाँ बाटो खोल्नेछ र उनीहरूसँग विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने बृहत योजना रहेकाले यस क्षेत्रको पर्यटन उद्योगको पनि निश्चित रूपमै उन्नति हुनेछ ।
यस बाहेक हालसालै इनोभेटिभ नेलन इभेन्ट्सले लक्जरी विवाहहरू र डेस्टिनेसन विवाहहरूमा पनि पाइला चालिसेको छ जुन धेरै माझ चर्चा भइसकेको छ ।