site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्सको राष्ट्रपतीय चुनाव : म्याक्रोँको दुईजनासँग कडा प्रतिस्पर्धा !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पेरिस । फ्रेन्च मतदाताहरूले राष्ट्रपतीय दौडका लागि अप्रत्याशित परिणाम आउनसक्ने पहिलो चरणको निर्वाचनमा मतदान गरेका छन् ।

वर्तमान राष्ट्रपति इमान्युयल म्याक्रोँको कट्टर दक्षिणपन्थी उमेदवार मरिन ले पेनसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

यद्यपि म्याक्रोँ भन्दा पेनको चुनाव प्रचारप्रसार अभियान निकै सशक्त र परिपक्व रहेको छ । बाह्र जना उमेदवारहरूमध्ये दुई जना शीर्षस्थ उमेदवार छनोटका लागि चार करोड नब्बे लाख वैधानिक मतदाताले मताधिकार प्रयोग गरिरहेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

चुनावी दौडमा म्याक्रोँले थारै मात्रै समय दिएका छन् । युक्रेनमाथिको रुसको आक्रमणबारे युरोपको प्रतिक्रियामा उनको ध्यान बढी केन्द्रित रहेको थियो । यसपालिको फ्रान्सको राष्ट्रपतीय चुनावको प्रमुख विषय ऊर्जा र अन्य दैनिक उपभोग्य वस्तुहरूको बढ्दो बजार भाउ माथि केन्द्रित रहेको पाइएको छ । 

सन् २०१७ मा म्याक्रोँ दुईवटा ठूला राजनीतिक पार्टीलाई पन्छाएर आफ्नो नयाँ पार्टीलाई सत्तामा पुर्‍याउन सफल भएका थिए । ती ठूला पार्टीका चुनावी हारको चोट अझै राम्ररी निको हुन पाएको छैन । सोसलिस्ट उमेदवार एन्ने हिडाल्गोले आफ्नो अस्तित्व देखाउन कडा परिश्रम गरेकी छन् ।

Royal Enfield Island Ad

त्यसैगरी अर्का उमेदवार भ्यालेरी पेक्रेस्सेले रिपब्लिकहरूलाई उत्साहित पार्न सकेको छैनन् ।

तसर्थ अहिले ४४ वर्षीय म्याक्रोँका सामु कडा प्रतिद्वन्द्वीका रूपमा ली पेन र कट्टर वामपन्थी नेता जिन– ल्युक मेलेनचोन रहेका छन् । केही राजनीतिक विशलेषकहरूले त म्याक्रोँले चुनाव हार्नसक्ने समेत भविष्यवाणी गरेका छन् । 

स्थानीय समयअनुसार आइतबार बिहान आठ बजे मतदान सुरु भएको थियो । ठुला सहरहरू पेरिस, लियोँ र मार्सेल्लेमा राति दस बजेसम्म मतदान चालु रहेको बताइएको छ ।

चुनावको अघिल्लो दिन गरिएको मत सर्वेक्षणले ३७ प्रतिशत जनता कसले चुनाव जित्ला भन्नसक्ने स्थितीमा नरहेको देखाएको छ । यो चुनाव कोभिड १९ महामारी र युक्रेन माथिको रुसी आक्रमणको प्रभावमा परेको छ ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro