site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फर्केर हेर्दा कालीकोट चुनाव : बलियो माओवादीमा कांग्रेस जोडिए के हुन्छ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन ३६ दिन मात्रै बाँकी छ । स्थानीय तहका बहालवाला जनप्रतिनिधि देखि पूर्वप्रतिनिधिसम्मका दाबेदारहरु जनताको घरदैलोमा पुगेर चुनावी प्रचारप्रसार सुरु गरिसकेका छन् । 

स्थानीय तहमाका पार्टीका प्रतिनिधिहरु आ–आफ्नो क्षेत्रका सम्भावित प्रतिनिधिहरुको नामावली संकलन गरी जिल्लामा पठाउँदैछन् ।  कर्णाली प्रदेशको कालिकोट जिल्लाका स्थानीय तहहरुमा पनि आकांक्षीहरुको  उमेदवारको टिकटका लागि दौडधुप चलिरहेको छ । कालिकोटमा ३ नगरपालिका र ६ वटा गाउँपालिकासहित नौवटा पालिका रहेका छन् । 

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालीकोटमा सबैभन्दा बलियो माओवादी केन्द्र, त्यसपछि एमाले र कांग्रेस छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

माओवादी केन्द्रले पाँच पालिका प्रमुख र सात उपप्रमुख जितेका थियो भने  एमालेले दुई पालिकाको प्रमुख र दुई उपाध्यक्ष जितेका थियो । कालिकोटमा कमजोर देखिएको कांग्रेसले भने एक गाउँपालिका प्रमुख पद मात्रै जितेका थियो । 

दोस्रो हैसियतमा रहेका एमालेको विभाजनले उसलाइ क्षति पुग्ने र त्यसको लाभ काग्रेसले लिने सम्भावना बढेको छ । 

Global Ime bank

कालिकोटका स्थानीय तहमा कुन दलको कस्तो अवस्था ?
खाँडाचक्र नगरपालिका : एमाले बलियो, विभाजनले समस्या

०७४ सालको स्थानीय तह निर्वाचनमा खाँडाचक्र नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जसिप्रसाद पाण्डे निर्वाचित भएका थिए । पाण्डे २२०५ मत ल्याएर विजयी हुँदा उनको प्रतिद्वन्दी माओवादी केन्द्रका लक्ष्मी प्रसाद चौलागाईले १४६१ र कांग्रेसका पदमबहादुर शाहीले १४२९ मत प्राप्त गरेका थिए । 

खाँडाचक्रको उपप्रमुखमा नेकपा एमालेबकै विजया बिष्ट १९४५ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रकी गंगा खड्का (बोगटी) ले १५५० मत ल्याएकी थिइन । कांग्रेसले भने उपप्रमुखमा उम्मेदवारी दिएको थिएन । 

खाँडाचक्र नगरपालिकामा नेकपा एमालेको फरक फरक निर्वाचन हुँदा ४०० देखि ८०० बढि मतान्तरको अग्रता देखिन्छ । 

खाँडाचक्र नगरपालिकाका ११ वडामध्ये ७ वडा एमालेले जितेका थियो भने दुई–दुई वडा कांग्रेस र माओवादी केन्द्रले जितेका थिए । 

तिलागुफा नगरपालिका : माओवादी केन्द्रको पकड

तिलागुफा नगरपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलेले जितेको थियो । नगरप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर शाहीले १८५१ मत ल्याएर विजयी हँुदा कांग्रेसका शंकरप्रसाद उपाध्यायले १६८७ र एमालेका कलबहादुर शाहीले १४८० मत पाएका थिए । 

तिलागुफाको उपप्रमुखमा माओवादी केन्द्रकी दन्ता नेपाली १८४३ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी कांग्रेसकी लक्ष्मी शाहीले १२६० र नेपाल मजदुर किसान पार्टीका ऐनबहादुर शाहीले १२१६ मत ल्याएका थिए । 

प्रमुख प्रतिस्पर्धामा रहेका कांग्रेस र माओवादीकेन्द्रबीच गठबन्धनको तयारी भइरहेकाले तेस्रो हैसियतमा रहेको एमालेलाई प्रतिस्पर्धा कठिन बन्ने देखिएको छ ।

तिलागुफा नगरपालिकाका ११ वडामध्ये पाँच माओवादी केन्द्र, एक कांग्रेसले जितेका थिए भने एमालेले चार र नेमकिपाले १ वडा जितेका थिए । 

रास्कोट नगरपालिका : माओवादीको पकड, एमाले दोस्रो

रास्कोट नगरपालिकाको प्रमुखमा पनि माओवादी केन्द्रले नै बाजी मारेको थियो । माओवादी केन्द्रका काशीचन्द्र बरालले २११५ मत ल्याएर विजयी हुँदा एमालेका मनिराज बरालले १८३० र कांग्रेसका दानबहादुर बमले १४२७ मत ल्याएका थिए । 

रास्कोट नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी मिमसरा बमले २२३५ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धि एमालेकी उमा शाहीले १८६३ मत पाएकी थिइन् । 

रास्कोट नगरपालिकाका ९ वडामध्ये पाँच माओवादी केन्द्र र चार वडा एमालेले जितेको थियो । 

कालिका गाउँपालिका : एमालेको पकड, गठबन्धन चुनौती

कालिका गाउँपालिकाको अध्यक्षमा एमालेका खडानन्द चौलागाईले २२७४ मत पाएर विजयी भएका थिए । प्रतिस्पर्धी माओवादी केन्द्रका गोविन्दप्रसाद आचार्यले १५०२ र कांग्रेसका अभयराज शाहीले ४९६ मत मात्र पाएका थिए । 

गाउँपालिकाको उपाध्याक्षमा एमालेकै पम्पाकुमारी शाहीले १ ९९० मत पाएर विजयी हुँदा नेमकिपाका दिपेन्द्रबहादुर शाहीले १३०३ मत पाएका थिए । 

यस गाउँपालिकाका ८ वडामध्ये एमालेले ४ वडा जित्दा कांग्रेस र माओवादी केन्द्रले दुई दुई वडा जितेका थिए । 

नरहरीनाथ गाउँपालिका  ः त्रिपक्षीय प्रतिस्पर्धा, बलिायो एमाले

नरहरीनाथ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका धिरबहादुर बिष्टले २४६० मत पाएका थिए । प्रतिस्पर्धी कांग्रेसका मिनबहादुर बोगटीले २२२८ मत र माओवादी केन्द्रका अग्रबहादुर बिष्टले २१३७ मत पाएका थिए । 

गाउँपालिकाको उपाध्यक्षको पदमा भने माओवादी केन्द्रकी मनाशोभा बुढाले २२४९ मत ल्याउदै विजयी हुँदा एमालेकी सुनिताकुमारी बुढाले २०६८  र कांग्रेसकी सुशिलादेवी शाहीले २०४३ मत ल्याएक थिए । पहिले नै प्रतिस्पर्धा भएको यो पालिकामा गठबन्धन भए एमालेलाई अप्ठेरो हुने देखिएको छ ।

गाउँपालिकाका नौं वडामध्ये एमालेले चार, माओवादीले तीन र कांग्रेसले दुई वडा जितेका थिए । 

पचालझरना गाउँपालिका 
पचालझरना गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका खङ्गराज सेजुवालले जितेका थिए । सेजुवाल १६२३ मत ल्याएर विजयी हुँदा कांग्रेसका भानुभक्त संज्यालले १२२४ र एमालेका चन्द्रबहादुर शाहीले ११०४ मत प्राप्त गरेका थिए । 

उपाध्यक्षमा माओवादी केन्द्रकै तारा न्यौपानेले १५६८ ल्याएर विजयीस् हुँदा एमालेकी दक्षिणा शाहीले १२४७ र कांग्रेसकी सुमित्राकुमारी बमले १२०७ मत पाएका थिए । 

पचालझरना गाउँपालिकाका नौं वडामध्ये ६ माओवादीले, २ कांग्रेसले र  १ वडा एमालेले जितेका थिए । 

पलाता गाउँपालिका 

पलाता गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लक्ष्मणबहादुर बमले जितेका थिए । बलमे १४२० मत ल्याएर विजयी हुँदा कांग्रेसका केशरसिंह बमले ११८३ र एमालेका धिर बहादुर बमले ७२४ मत पाएका थिए । 

उपाध्यक्षमा माओवादी केन्द्रकी दाना न्यौपाने १३०२ मत ल्याएर विजयी हुँदा कांग्रेसकी सुर्जकला रोकायाले १०६२ र एमालेकी बविता संज्याल (उपाध्याय) ले ८६९ मत पाएका थिए । 

गाउँपालिकाका ९ वडामध्ये ६ माओवादी केन्द्र र तीन कांग्रेसले जितेका थिए । 

महावै गाउँपालिका 

महावै गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नन्दबहादुर सिंहले जितेका थिए । सिंहले १३४५ ल्याएर विजयी हुँदा माओवादी केन्द्रका सर्पराज सिंहले १२७६ र एमाललेकी दानकला सिंहले ३१ मत पाएका थिए । 

उपाध्यक्षमा एमालेका मनराज शाहीले १३२२ ल्याएर विजयी हुँदा माओवादी केन्द्रकी पदमा शाहीले ११२३ मत पाएकी थिइन् । 

महावै गाउँपालिकामा ७ वडामध्ये माओवादी केन्द्रले दुई एमालले दुई कांग्रेसले एक, स्वतन्त्रले एक र नेमकिपाले एक वडा जितेका थिए । 

सान्नी त्रिवेणी गाउँपालिका 

सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका डम्मरबहादुर शाहीले जितेका थिए । शाहीले १७३१ मत ल्याएर विजयी हुँदा कांग्रेसका गोरखबहादुर खत्रीले १२५५ र एमालेका नवराज देवकोटाले ११२३ मत पाएका थिए । 

उपाध्यक्षमा माओवादी केन्द्रकी होइजाकुमारी बुढा १५४९ मत ल्याएर विजयी हुँदा एमालेकी पार्वती सिंहले १३५० र कांग्रेसकी पशुविना बम.ले १०३९ मत पाएकी थिइन् ।

सान्नी त्रिवेणी गाउँपालिकाका ९ वडामध्ये माओवादी र कांग्रेसले तीन–तीन वडा, एमालेले दुई र राप्रपाले १ वडा जीत हासिल गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement