site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
युक्रेनकाे आजकाे आवश्यकता 

रसियन राष्ट्रपति भ्लादिमिर पुटिनकाे प्रतिशाेधात्मक महत्त्वाकांक्षा युक्रेनमै राेकिनेवाला छैन भन्नेयुराेप र बाँकी विश्वले थाहा पाउनुपर्छ । उनकाे लडाइँ सम्पूर्ण स्वतन्त्र विश्वका विरुद्ध हाे र आफ्नाे उद्देश्य हासिल गर्न पुटिन युद्ध अपराध र मानवताविरुद्धकाे अपराध गर्न उद्यत छन् भन्ने पुष्टि भइसकेकाे छ ।

रसियन राष्ट्रपति भ्लादिमिर पुटिनकाे आक्रमणकारी सेनाभन्दा युक्रेनका सैनिकहरू सङ्ख्यामा कम भए पनि विश्वभरका मित्रहरूकाे बढ्दाे समर्थनले हाम्राे हृदय छोएकाे छ । याे युक्रेनमाथि गरिएकाे अकारण गरिएकाे अनुचित आक्रमणमात्र नभई स्वतन्त्र विश्वमाथि गरिएकाे प्रहार पनि हाे ।

पुटिन स्वतन्त्र विश्वसँग दशकौंदेखि युद्धमा छन् । उनले निर्वासित रसियनहरूलाई बेलायतजस्ताे लाेकतान्त्रिक विदेशी भूमिमा मार्ने आदेश दिएका छन् । उनले अमेरिका र युराेपका लाेकतान्त्रिक निर्वाचनहरूमा हस्तक्षेप गरेका छन् । उनी र उनका आसेपासेले रूसलाई लुटेका छन् र पैसा विदेशमा लगेर थुपारेका छन् । उनले विश्वभर दुष्प्रचार र देशभित्र दमन गरेका छन् । उनले २००८ मा जर्जियामा सेना पठाएर त्यस मुलुककाे ठूलाे भूभाग कब्जा गर्दै आएका छन् । र हालै उनले बेलारुस कब्जा गरेका छन् युक्रेनसँग युद्ध गर्न आक्रमण गर्ने स्ऊलका रूपमा प्रयाेग गरेका छन् ।

KFC Island Ad
NIC Asia

युक्रेनमा पुटिनकाे फौजले कहालीलाग्दाे क्रूरता देखाएका छन्, गैरसैनिक जनताका लागि आवासीय क्षेत्र, अस्पताल, विद्यालयका साथै अन्य गैरसैनिक जनजीवनका लागि अत्यावश्यक भौतिक संरचनामा बम वर्षाएका छन् । खार्किवकाे फ्रिडम स्वायरमा तथा सहरका आणविक स्थलहरूमा गरिएकाे बम वर्षा यसकाे स्पष्ट उदाहरण हाे । रुसियन फौजले युक्रेनी जनताविरुद्ध नरसंहार गरेका छन् ।

पुटिनकाे फौजले चेनाेबिल र किवमा आणविक सामग्रीमाथि आक्रमण गरेकाले हामीमाथि आणविक विपत्तिकाे खतरा पनि आइपरेकाे छ । गत साता पुटिनले आणविक फौजलाई युद्धका लागि तयार रहन दिएकाे आदेशले पनि उनले कुनै सीमा स्वीकार नगर्ने सङ्केत हाे । 

Royal Enfield Island Ad


युक्रेनमाथि रुसकाे दमन जारी रहेसम्म अरू मुलुकहरूले थप सशक्त कदम चाल्नु आवश्यक हुन्छ । पुटिनकाे उद्देश्य युक्रेनमा मात्र राेकिने हाेइन हाेइन भन्ने छर्लङ्ग भइसकेकाे छ । उनी त सनु १९४५ काे याल्टा सम्मेलनका अवस्थामा फर्कन चाहन्छन् जतिबेला युराेपलाई पश्चिमी र साेभियत प्रभाव क्षेत्रमा विभाजन गरिएकाे थियाे । गत सातामात्र क्रेमलिनका प्रवक्ताले नाटाेका सदस्य नरहेका दुईवटा युराेपियन मुलुक स्विडेन र फिनल्यान्डलाई युक्रेनमा जस्तै गर्ने प्रत्यक्ष धम्की दिएका दिएका थिए । 

पुटिनबाट हुने खतराकाे आयामप्रति स्वतन्त्र विश्व बिउँझिन थालेकाे छ । लामाे समयसम्म विश्वकाे प्रतिक्रिया ‘निकै कम र निकै ढिलाे’ रहेकाे थियाे । तर, थुप्रै रसियन बैंकलाई  ‘स्विफ्ट’ वित्तीय प्रणालीबाट निषेध गरेर, रूसकाे वैदेशिक मुद्राकाे ठूलाे भागलाई राेक्का राखेर र हामीलाई अत्याधुनिक सैनिक सामग्री आपूर्ति गरेर स्वतन्त्र विश्वले पुटिनलाई फिर्ता पठाउन युक्रेनलाई सहयाेग गरेकाे छ । 

हामी पाेल्यान्ड तथा अन्य पश्चिमी छिमेकीहरूले शरणार्थीलाई आश्रय दिन गरेकाे सहयाेगप्रति  कृतज्ञ छौँ । यद्यपि, तिनीहरूलाई आतङ्कित बनाउन रुसले हवाई सैनिक तैनाथ गरेकाे पनि हामीले थाहा पाएका छौँ ।

रुसकाे प्रतिरोध र युक्रेनकाे रक्षाका लागि हामीलाई तत्काल थप मद्दत आवश्यक छ । आरम्भमा गैरसैनिक क्षेत्रहरूमा बम वर्षा राेकाउनका लागि युक्रेनलाई उडान निषेधित क्षेत्र घाेषणा गर्न हामी पश्चिमी शक्तिहरूसँग आग्रह गर्छौँ । दाेस्राे, रुसकाे आम्दानीकाे प्राथिमक स्राेत बन्द गराउन रुसमाथि तेल र ग्यासकाे प्रतिबन्ध लगाउनुपर्छ । तेस्राे, सरकारहरूले रसियन कूटनयिकहरूलाई निस्कासन गर्नुपर्छ, रुसलाई उड्डयन अधिकारबाट वञ्चित गर्नुपर्छ र सबै रसियन सञ्चार माध्यममा प्रतिबन्ध लगाउनुपर्छ । र, अन्त्यमा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा रुसकाे निषेधाधिकार (भिटाे) खाेस्नुपर्छ भने पुटिन र उनका मतियारहरूमाथि युक्रेनमा मच्चाएकाे नरसंहारकाे अपराधमा मुद्दा चलाउन विशेष युद्ध अपराध अदालत स्थापना गर्नुपर्छ । 

पुटिनकाे आतङ्ककारी सेनाले हाम्रा सहरहरूमा क्षति पुर्‍याउन सक्छन् तर तिनले हाम्राे युक्रेनकाे राजधानी र आदर्शकाे सहर किभमा कहिल्यै कब्जा गर्न सक्नेछैनन् । उनले मानचित्रमा हाम्रा सहरहरूकाे नाम निसान मेटाउन सक्लान् तर हामी कहिल्यै आत्मसमर्पण गर्नेछैनौ ।

म अहिले किभबाहिर बस्दै गर्दा हाम्राे मुलुकमा पुटिनकाे नृशंस आकम्रमणकाे प्रतिराेध गर्न सबै पक्षका युक्रेनी राजनयिकहरू नागरिक समाजका अगुवा र विदेशी सांसदहरूसँगै उत्रेका छन् ।

हाम्रा वीर सैनिक र नागरिकहरूले डटेर मुकाबला गर्दैछन् भने युक्रेनका सहर र वनजङ्गलमा पुटिनकाे आपराधिक आक्रमणकाे आफूले सक्ने जति प्रतिराेध गरिरहने छौँ । हामीलाई थाहा छ हामी सत्य र स्वतन्त्रताका पक्षमा छौँ । सबै स्वतन्त्र मुलुकहरूले बुझ्नुपर्छ पुटिनले हामीमाथि थाेपरेकाे युद्ध हाम्राेमात्र लडाइँ हैन ।  

( युक्रेनकी युराेपियन तथा युराे एटलान्टिक एकीकरणसम्बन्धी उपप्रधानमन्त्री )

@ Project Syndicate, 2022.

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro