रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले ठानेका थिए उनले छिटै किभ कब्जा गर्नेछन् र युक्रेनकाे सरकार बदल्नेछन् । युक्रेनकाे प्रतिराेध प्रभावकारी हुने विषयमा या त उनले गुप्तचरहरूबाट सही जानकारी नै पाएनन् वा इतिहासप्रतिकाे आफ्नै भ्रमका कारण ‘धुलाेपीठो पार र हत्याऊ’ काे उनकाे प्रयास युक्रेनमा विफल भयाे । त्यसपछि उनले गैरसैनिक जनतालाई समर्पण गराउन मारिउपाेल र खार्किभ जस्ता सहरमा क्रूरतापूर्वक बम वर्षाए जसरी पहिले ग्राेज्नी र अलेप्पाेमा गरेका थिए । यसकाे त्रासद परिणाम के भयाे भने युक्रेनकाे वीरतापूर्ण प्रतिराेधसँगै नागरिकहरूकाे कष्ट बढेकाे छ ।
के याे दुःस्वप्न छिटै अन्त्य हुने कुनै उपाय छ ? चीनका राष्ट्रपति सी जिनपिङले ‘टेडी रुजबेल्ट हुने माैका’ छाेपे भने एउटा सम्भावना छ । सन् १९०५ काे रुस र जापानबीचकाे क्रूर युद्धका बेला रुजबेल्ट मध्यस्थताका लागि अघि सरेका थिए । उनले युद्धरत पक्षहरूलाई सम्झौताका लागि चर्काे दबाब दिए र अन्ततः सफल पनि भए । अनि अमेरिकाकाे प्रभाव विश्वमा बढाउन र आफ्ना लागि नोबल शान्ति पुरस्कार हासिल गर्न सके ।
टर्की, इजरायल र फ्रान्स (अरू पनि) अहिलेकाे रुसकाे लडाइँमा मध्यस्चाता गर्ने प्रयास गर्दैछन् तर रुसमाथि सीकाे जस्ताे प्रभाव उनीहरूकाे छैन । सीसँग त्यसकाे बोध र प्रयाेग गर्ने साहस हाेला त ? प्रश्न यत्ति हाे ।
अहिलेसम्मकाे उत्तर हाे - छैन । हुनत, चीनले लामाे समयदेखि आफूलाई सार्वभाैम सत्ता र प्रादेशिक अखण्डताका पक्षधरका रूपमा चित्रित गर्दै आएकाे छ तर यसले पुटिनबाट संयुक्त राष्ट्र बडापत्रकाे नाङ्गाे उल्लङ्घन हुँदा पनि सजिलै स्वीकारेकाे छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले रुसी आक्रमणकाे निन्दा गर्ने प्रस्तावमा मतदान गर्दा चीन अनुपस्थित रह्याे । चीनले रुसमाथि पश्चिमले लगाएकाे प्रतिबन्धकाे त आलाेचना गरेकाे छ तर रुसकाे आक्रमणका हकमा भने नाटाेकाे विस्तारका लागि अमेरिकाले नै युद्ध गराएकाे भन्ने रसियन प्रचारवाजीमै स्वर मिलाएकाे छ । यद्यपि, वर्षाैँदेखि सबैले थाहा पाएका छन् नाटाेका सदस्यहरू युक्रेनलाई आफ्नाे संगठनमा भित्र्याउने पक्षमा छैनन् ।
रुसकाे आलोचना गर्न नचाहेका कारण चीन कूटनीतिकरूपमा छेउ लागेर बसेकाले आफ्नाे आर्थिक र सैनिक शक्तिकाे प्रभाव प्रयाेग गर्न असक्षम भएकाे छ । हुनत चीनले युद्धकाे अधिकांश समाचार नै नियन्त्रित (सेन्सर) गरेकाले तै पनि बेइजिङमा केहीले चीनकाे वर्तमान कूटनीतिक अडानले राष्ट्रिय हित भएकाे छ त भनेर आश्चर्य प्रकट गरेका छन् । उदाहरणका लागि बेइजिङकाे सेन्टर पर चाइना एन्ड ग्लोबलाइजेसन, बेइजिङका अध्यक्ष वाङ हुइयायाेले पुटिनलाई उनकाे विनाशकारी युक्रेन नीतिबाट बाहिर निस्कन चिनले मध्यस्थता गर्नुपर्ने सुझाव दिएका छन् ।
यसमा चीनकाे हित कसरी हुन्छ हाेला ? एउटा कुरा के हाे भने चीनकाे अहिलेकाे स्थितिले आफ्ना दक्षिणपूर्व एसियाका छिमेकीहरूलाई आश्वस्त बनाउन उसले गर्दैआएकाे चीन सार्वभौमसत्ताकाे रक्षक हाे भन्ने दाबीलाई झुटाे साबित गर्छ । यत्तिकै महत्त्वपूर्ण युद्धले युराेपमा चीनकाे नरम शक्तिमा नराम्री आघात पुर््याएकाे छ । चीनले युराेपसँग रुससँगभन्दा ५ गुना बढी व्यापार गर्न । युद्धले चीनकाे तेल र अन्नकाे आयातकाे मूल्य पनि बढाएकाे छ । चीनमा गत वर्षजस्तै बाढी आयाे भने अन्नकाे भाउ त बढी डरलाग्दोसँग बढ्नसक्छ ।
युद्ध लम्मिदै र पश्चिमी प्रतिबन्ध बढ्दै गए प्रतिबन्धकाे अप्रत्यक्ष प्रभावले चीनलाई पनि हानि गर्नेछ । पुटिनलाई बाहिर निस्कने बाटो दिँदा युद्धले खडा गरेकाे याे र अरू खतराकाे पनि सम्बाेधन हुनेछ । र यसले रुसकाे चीनमाथीकाे बढ्दाे निर्भरता अझ गहिराे बनाउनेछ भने विश्वमा चीनकाे अडान र छविमा सुधार हुनेछ । सीले त नाेबेल पुरस्कारसमेत पाउन सक्छन् ।
पक्कै पनि यस्ता प्रयासहरूका लागि मूल्य चुकाउनुपर्छ । चतुर चिनियाँ कूटनयिकहरू युक्रेन युद्धलाई नितान्त युराेपियन द्वन्द्व ठान्छन् । यसले पुराना शक्तिहरू युरोप, अमेरिका र रुसजस्ता पुराना शक्तिहरू कमजाेर भए एकातिर पन्छिएर द्वन्द्व आफैँ हुन दिँदा चीनलाई फाइदा हुनसक्छ । यसबाहेक, युद्धले पक्षहरूलाई (सम्भावित मूल्यका रूपमा) कमजोर त बनाउँछ नै यसले विश्वकाे राजनीतिक कार्यसूचीमा पनि चीनलाई द्याभ हुनेगरी परिवर्तन गरेकाे छ । अब अमेरिकाले आफूलाई एसियामा निर्णायक ठान्न सक्नेछन् उसले चीनतर्फ ध्यान केन्द्रित गर्नुपर्नेछ ।
सन् २००८ काे वित्तीय सङ्कटपछि चिनियाँ नेतृत्वले अमेरिका ओरालाे लागेकाे निष्कर्ष निकाले र यसबाट उनीहरू देङ सियाओपिङकाे ‘धैर्य र सावधानी’काे विदेश नीति त्याग्न उत्प्रेरित भए । त्यसयता चीनमा राष्ट्रवाद बढ्दाे छ र सी २०४९ अर्थात् जनगणतन्त्रकाे शतवार्षिकीसम्म चीनले अमेरिकालाई भूराजनीतिकरूपमा विस्थापित गर्नेछ भन्नेमा ढुक्क छन् ।
सीकाे सपनाकाे पहिलाे तगाराे त पक्कै पनि अमेरिका नै हाे भने चीनसँग रुसबाहेक अरू मित्र पनि छैनन् । सी र पुटिनले व्यक्तिगत सम्बन्ध पनि बनाएका छन् र त्यसले पहिले सुविधाकाे गठजाेड भनिएकाे सम्बन्धलाई कसिलो बनाएकाे छ । युक्रेन युद्धले त्यस सम्बन्धलाई केही हदसम्म कम सुविधाजनक बनाएकाे भए पनि सीले अझै ‘पार्टीमा बोलाउनेकाे तालमा नाच्नु’लाई महत्त्वपूर्ण हुन्छ भन्ने ठानेका छन् ।
यसबाहेक रुजबेल्टकाे जस्ताे कदम चाल्नका लागि आवश्यक कल्पनाशीलता र लचिलाेपन चिनियाँ नेतृत्वकाे क्षमताबाहिरकाे विषय हाे । एउटा आन्तरिक राजनीतिक पक्षमा पनि उत्तिकै ध्यान दिनुपर्ने कुरा हालै एक जना चिनियाँ मित्रले मलाई भने । उनका अनुसार यस वर्ष हुने निर्वाचनमा सी तेस्राेपटक राष्ट्रपति बन्न चाहेकाले त्यसका लागि कम्युनिस्ट पार्टीमा आफ्नाे नियन्त्रण र मुलुकमा पार्टीकाे नियन्त्रण कायमै राख्न बढी प्रवृत्त छन् ।
आर्थिक वृद्धि मन्द हुन थालेसँगै देशमा आफ्नाे शासनलाई वैधता दिन चिनियाँ कम्युनिस्ट पार्टी राष्ट्रवादमा बढी निर्भर हुन थालेकाे छ । यही कारणले चीनकाे सरकारी सञ्चार माध्यम तथा राष्ट्रवादी वेबसाइटहरूमा युक्रेन पश्चिमकाे कठपुतली भएकाे रुस र चीन दुवैलाई धम्क्याउने अमेरिकी प्रवृत्तिविरुद्ध रुस खडा भएकाे पुटिनकाे दाबी दोहोर्याइने गरेकाे छ । चीनकाे राष्ट्रवादी ‘आक्रामक कूटनीति’कै लयमा पुटिनकाे युद्धप्रति समर्थन पनि चिनियाँ राष्ट्रवादकाे विशेष तत्त्व भएकाे छ ।
परन्तु, पुटिनकाे आक्रमणले विश्व राजनीतिलाई समाप्त पारिदिएकाे भए पनि विद्यमान शक्ति सन्तुलनमा परिवर्तन ल्याएकाे छैन । बरु अमेरिकाकाे स्थिति केही सुदृढ बनाएकाे छ । जर्मनीले दशकौं यता प्रतिरक्षात्मक शक्ति प्रदर्शन गर्दा नाटो र अमेरिकी गठबन्धन झन् कसिलाे भएकाे छ । यति नै बेला रुसकाे अजेय सैनिक शक्तिकाे छविमा गम्भीर धक्का लागेकाे छ रूसकाे अर्थतन्त्र कमजोर भएकाे छ भने नरम शक्ति पनि चकनाचुर भएकाे छ । चीनले अब तानाशाही गठबन्धनले पश्चिमी लाेकतन्त्रमाथि विजय प्राप्त गर्दै गएको भन्ने ठाउँ बाँकी छैन ।
चिनले अझै पनि टेडी रुजवेल्टकाे जस्तै अवसर सदुपयाेग गरेर हावाकाे बहाव बदल्न भने सक्छ । तर, मलाई उसले त्यसाे गर्ला भन्ने विश्वास भने छैन । (प्राध्यापक, हार्वर्ड विश्वविद्यालय)
Copyright: Project Syndicate, 2022.