site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

वायुको गुणस्तर मापन गर्ने एउटा संस्थाले सार्वजनिक गरेको विवरणअनुसार नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरहरूमध्ये छैटौंमा परेको छ । कचौरा आकारको काठमाडौंको बिखालु हावा सितिमिति हावाले उँडाएर पनि लाँदैन ।
 
यसैले काठमाडौंको हावा प्रदूषित भएपछि लामो समयसम्म जनस्वास्थ्यका लागि जोखिमपूर्ण नै रहन्छ । बर्खा लागेपछि मात्र कचौरा काठमाडौंको वायु प्रदूषण कम हुन्छ । 
 
काठमाडौंको भौगोलिक बनोटले नै यहाँको हावा प्रदूषित बनाएको भने होइन । विशेषगरी जैविक इन्धनको प्रयोगबाट निस्किने ग्यासले यहाँको हावालाई बिखालु बनाएको हो । यसैगरी धुवाँ निस्कने दाउरा बाल्दा पनि वायु थप प्रदूषित हुन्छ ।
 
हावाविना मान्छे बाँच्न सक्तैन । हावा बिखालु भयो भने पनि मानिसको ज्यान जान्छ । ज्यान गएन भने पनि हावामा प्रदूषणको स्तरअनुसार दम, निमोनियाँ, हृदयघात, फोक्सोको क्यान्सरजस्ता अनेकौं रोग लाग्छन् । 
 
संसारमा ठूला  मुलुकले गरेको प्रदूषणको मार भने प्रदूषण नगर्ने देशमाथि पनि पर्छ । चीन, अमेरिका, भारतजस्ता देशले बढाएको तापमानको कहर प्रदूषण फैलाउन खासै भूमिका नभएको नेपालले सहनु परेको छ ।
 
दुनियाँकै हावापानी धनी र ठूला मुलुक र मानिसले बिगार्छन् । त्यसको फजिती भने गरिब मुलुक र मानिसले भोग्नुपर्छ । नेपाल र नेपाली समाज दुवै यसका उदाहरण हुन् ।
 
यस्तै अन्याय काठमाडौंका गरिब बासिन्दाले पनि सहनु परेको छ । मोटर चढ्नेले धुवाँ फाल्छन् तर त्यसबाट बिरामी भने पैदल हिँड्नेहरू बढी हुन्छन् । यसैले राज्यले प्रदूषणबाट जनस्वास्थ्यमा पर्ने असर कम गर्न विशेष प्रयास गर्नुपर्छ ।
 
काठमाडौंको जनजीवन जोगाउने हो भने दीर्घकालीनरूपमा जैविक इन्धनबाट चल्ने सवारी साधन विस्थापित गर्ने नीतिगत व्यवस्था गर्नुपर्छ । स्वच्छ ऊर्जाबाट चल्ने सार्वजनिक यातायातको व्यवस्था यसको स्थायी समाधान हुनसक्छ ।
 
अल्पकालीन उपायमा प्रदूषणको मात्रा धेरै बढेका बेला साना सवारी साधन चलाउन निरुत्साहित गर्ने नीति अपनाउनु मनासिब हुन्छ । यसै पनि नेपाल आयल निगमले तेलको माग घटाउने सुझाव जो दिएको छ ।
 
यस्तै विद्युतीय चुलोको प्रयोग बढाउने, धुवाँ निस्कने इन्धनको प्रयोग सकेसम्म नगर्ने गर्दा पनि वायु प्रदूषण केही कम हुनेछ । ब्यारेक, छात्रवासजस्ता सामूहिक भान्सा चलाइने ठाउँमा र दाउरा, कोइला, गुइँठाजस्ता पदार्थ प्रयोग नगर्ने र खुला ठाउँमा फोहोर नजलाउनेमात्र गर्दा पनि वायुमा विष कम गर्न सहयोग पुग्छ । यस्ता कामका लागि कसैको आदेश त चाहिनु नपर्ने हो ।
 
शासन चलाउनेको ध्यान सत्तामा पुग्ने र टिक्नेबाहेक जनतालाई मार पर्ने यस्ता विषयमा सितिमिति जाँदैन । यसैले अहिले आफैँ जोगिने र आफ्नाहरूलाई जोगाउन ध्यान दिऊँ ।  
 
घरबाहिर निस्कँदा मास्क लगाए कोभिडमात्र होइन हावामा रहेका बिखालु धुवाँ र धुलोको असरबाट केही मात्रामा भए पनि जोगिन सकिन्छ । सामान्य सावधानी अपनाउँदा जीवन जोगिन्छ भने किन हेलचेक्य्राइँ गर्ने रु 
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १६:२९
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro