देश

काठमाडौं । ललितपुरको सातदोबाटो–हरिसिद्धि सडखण्ड पिच गर्न माग गर्दै स्थानीयले सवारी आवागमनमा गरेको अवरोध स्थगित गरिएको छ । सडक पिचको कार्यमा ढिलासुस्ती गरेको भन्दै स्थानीयले शुक्रबार बिहानदेखि सवारी आवागमन बन्द गरेका थिए ।
विरोधपछि सडक पिचको काम सुरु भएपछि स्थानीय अवरुद्ध कार्यक्रम स्थगित गरेको हरिसिद्धि वडा २८ का सदस्य प्रज्वल महर्जनले जानकारी दिए ।
“सडक निर्माणको काम सुरु भएको छ । ठेकेदारको कारणले काममा ढिला भएको हो । अब आज रोलर लगाएर केही दिन यत्तिकै राखिन्छ र १५ गतेदेखि कालोपत्रेको पहिलो लेयर राखिन्छ ।”
आजबाट तीन दिनसम्मका लागि वैकल्पिक बाटो प्रयोग गर्न पनि उनले आग्रह गरे ।
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८ १६:०९
प्रतिक्रिया दिनुहोस्