अर्थ व्यवसाय
काठमाडौं । इलेक्ट्रिक टुह्विलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ नेपाली बजारमा सार्बजनिक गरिएको छ । नेपालका लागी आधिकारिक वितरक इको इन्फिनिटीले स्कुटर लन्च गरेको हो ।
साथै यो स्कुटर खरिद गर्ने १० जनालाई चाबी हस्तान्तरणसमेत गरिएको छ। अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी प्रगुण राजभण्डारीले गरेका थिए ।
यो स्कुटरमा कम्पनीले ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरेको छ ।
जसलाई ७ घन्टा भित्र पूर्ण चार्ज गर्न सकिने र एक पटक चार्ज गरे ८५ देखी १ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ।
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८ १८:१७
प्रतिक्रिया दिनुहोस्