site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सलमान खानलाई सगरमाथाको हवाई सफर गराउने मन्त्री आलेको रहर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खानलाई विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहणका लागि आमन्त्रण गरेका छन् । 

बुधबार भएको ‘द–दबङ टुर रिलोडेड’को घोषणा कार्यक्रममा सलमानसँगको भिडियो कुराकानीमा मन्त्री आलेले भने, “म तपाईंलाई विश्वकै सबैभन्दा अग्लो चुचुरो ८८४८.८६ मिटर अग्लो सगरमाथा आरोहणका लागि आमन्त्रण गर्न चाहन्छु ।"

मन्त्री आलेले हवाई सफरमार्फत सलमानलाई सगरमाथाको अवलोकन गराउने इच्छा पनि व्यक्त गरे । 

“म तपाईंलाई सगरमाथाको हवाई सफर पनि गराउन चाहन्छु । तपाईंलाई थाहा नै होला हामी (नेपाल) विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथामामा ‘ब्रेक फास्ट इन एभरेस्ट’को अनुभव पनि दिलाउन चाहन्छु,” आलेले भने । 

आलेको निमन्त्रणालाई स्वीकार्दै सलमानले आफू आउने वाचा गरे ।

No description available.

यसअघि नेपाल आएको स्मरण गर्दै सलमानले भने, “म धेरै समयअघि चलचित्र ‘बुलन्द कर्के’ जुन रिलिज हुन सकेन त्यसको छायांकनका लागि नेपाल आएको थिएँ । त्यसपछि यही कार्यक्रममार्फत आउने योजना पनि धेरै पटक स्थगित । अब कार्यक्रम  हुने पक्का भएको छ । म लगायत मेरो सम्पूर्ण टिम नेपाल आउन पाउँदा खुसी छौँ ।”

कोरोना महामारीले सुस्ताएको पर्यटन प्रबर्द्धनमा यो कार्यक्रमले विशेष टेवा पुग्ने भन्दै आलेले सलमानसहित आयोजक ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपलाई धन्यवाद दिए ।

पर्यटनमन्त्रीको नाताले आफ्नो पहिलो जिम्मेवारी भनेको नेपालको पर्यटन बढाउनतर्फ हुने भन्दै उनले सलमानलाई स्वागत गर्दै आफूलगायत नेपालीहरू उनको ठूलो प्रशंसक रहेको पनि बताए ।

बम्बे बसाइको क्रममा सलमानको चलचित्र हेरेको स्मरण गर्दै मन्त्री आलेले भने, “सलमानजी मैले १९८८ मा ‘बीबी हो तो ऐसी, मैनें प्यार किया' चलचित्र हेरेको थिएँ । म त्यो समय उत्तै बम्बेमा नै थिएँ, मेरो बुबाको जागिर उतै थियो । मैले धेरै इन्जोई गरेँ ।” 

अन्तमा उनले बुद्धको भूमिमा सलमान लगायतटिमलाई स्वागत गर्न आफू आतुर रहेको बताए । 

मन्त्री आलेबाट पहिलो टिकट बिक्री गरेर कार्यक्रमको औपचारिक सुभारम्भ गरिएको थियो । दशरथ रंगशालामा हुने कार्यक्रमका लागि ब्रोन्ज टिकट ५ हजार, सिल्भर टिकट १० हजार, गोल्ड टिकट १५ हजार र प्लेटिनम टिकट २५ हजार रूपैयाँ तोकिएको छ । जुन चाँडै नै डिजिटल वालेटमार्फत बिक्री खुला गरिने आयोजकले जानकारी दियो । 

‘द–बङ टुर रिलोडेड’ आगामी जेठ १४ गते हुने तय भएको छ ।

कार्यक्रममा बलिउड कलाकारहरू सलमान, प्रभु देवा, मनिष पल, आयुष शर्मासहितका कलाकारहरूको प्रस्तुति रहने छ । बलिउड टिममा अभिनेत्री ज्याकलिन फर्नानडिज, सोनाक्षी सिन्हा पनि आउने तय थियो । यद्यपि ज्याकलिन र सोनाक्षी केही कानुनी उल्झनमा फसेका हुनाले उनीहरू आउने/नआउने अहिले तय भैसकेको छैन ।

कार्यक्रममा बलिउड कलाकारहरूको प्रस्तुतिअघि नेपाली कलाकारहरूको लाइन अप प्रस्तुति पनि रहने छ ।

यसअघि आयोजक टिमले चर्चित क्यानडियन रक स्टार ब्रायन एडम्स, डेनिस ब्यान्ड एमएलटीआर, आतिफ अस्लमलगायतलाई नेपाल ल्याएर भव्य  कार्यक्रमको आयोजना गरिसकेको छ । 

आयोजकको विशेष अनुरोधमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि विशेष आमन्त्रण गरेको र प्रधानमन्त्री देउवा पनि सहभागी हुन इच्छुक रहेको मन्त्री आलेले जानकारी दिए । 

कार्यक्रको विस्तृत जानकारी अप्रिल १३ मा सोहिल खान संलग्नतामा दिइने बुधकारको पत्रकार सम्मेलनमा बताइएको छ ।

कार्यक्रमको व्यवस्थानप, स्क्रिप्ट र निर्देशन सलमानका भाइ सोहिल खानको सोहेल खान इन्टरटेन्मेन्टले गरेको हो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro